Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

वित्तीय सुशासन जोखिम मूल्याङ्कन : दोधारा चाँदनी नगरपालिका नतिजा विहीन

वित्तीय सुशासन जोखिम मूल्याङ्कन : दोधारा चाँदनी नगरपालिका नतिजा विहीन
विज्ञापन
Advertisement

कञ्चनपुर । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेशमै शुक्लाफाँटा नगरपालिकाले उत्कृष्ट नतिजा ल्याएको छ । आव २०८०\८१ को स्थानीय तह वित्तीय सशासन जोखिम मूल्याङ्कनमा नगरपालिकाले ९५ अङ्क ल्याएर सुदूरपश्चिम प्रदेशमा दोस्रो र कञ्चनपुर जिल्लामा प्रथम भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत् र प्रभावकारी बनाउनका लागि बर्सेनि स्थानीय तहको मूल्याङ्कन गर्दै आएको छ ।

विज्ञापन
Advertisement
Advertisement

योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मूल्याङ्कन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापनमा गरी पाँच वटा बुँदामा मन्त्रालयले मूल्याङ्कन गर्दै आएको छ ।

सोही पद्धतिका आधारमा स्थानीय तहलाई मन्त्रालयले बजेट पठाउने गर्दछ । वित्तीय व्यवस्थापनका सम्भावित जोखिमका क्षेत्रको पहिचान गरी यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्न जोखिम मूल्याङ्ककन गरिँदै आएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज विष्टले  बताए। उनका अनुसार नगरपालिकाले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा १९ दशमलव ५, कार्यान्वयन क्षमता तथा व्यव्थापनमा २७ दशमलव ५,लेखाङ्कन तथा प्रतिवेदनमा १७, मूल्याङ्कन तथा लेखापरीक्षणमा १५ र राजस्व व्यवस्थापनमा १६ अङ्क प्राप्त गरेको छ ।

जनप्रतिनिधि र कर्मचारीको प्रयास अनुसार नगरपालिकाले मूल्याङ्कन प्रक्रियामा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको नगर प्रमुख रणबहादुर महराले बताए । ‘तोकिएको आधारमा बेरुजु फछ्र्यौट गर्न सफल हुँदा र निर्धारित समय अगावै नगरसभा गरी बजेट पास गर्न सकिँदा सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट भएका छौँ’ उनले भने ।

स्थानीय तह वित्तीय सशासन जोखिम मूल्याङ्कनको प्रकाशित नतिजा अनुसार भीमदत्त नगरपालिकाले ७८ दशमलव ५, बेदकोट नगरपालिकाले ९३, कृष्णपुर नगरपालिकाले ७७, बेलौरी नगरपालिकाले ८२ दशमलव ५, पुनर्वास नगरपालिकाले ६६ दशमलव ५, बेलडाँडी गाउँपालिकाले ९० दशमलव ५ र लालझाडी गाउँपालिकाले ८८ दशमलव ५ अङ्क प्राप्त गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit