Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी जारी

पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी जारी
विज्ञापन
Advertisement

काठमाडौं। पर्यटकीय राजधानी पोखरामा आइतबारदेखि दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान र ‘काठमाडौं ट्रिएनाले’द्वारा आयोजित प्रदर्शनी पाँच दिनसम्म चल्नेछ । नयाँ बजारस्थित पोखरा आर्ट ग्यालरीमा सुरु भएको प्रदर्शनीमा ८० चित्र प्रदर्शनीमा राखिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले जानकारी दिए ।

गण्डकी प्रदेशस्तरीय यस प्रदर्शनीबाट उत्कृष्ट ठहरिएका कलाकारका चित्रलाई काठमाडौंमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी गराइने उनले बताए । प्रदर्शनीमा अनुजदेखि स्थापित भइसकेका कलाकारका चित्रकलालाई समावेश गरिएको छ । सिर्जनशील कलाकार समूह, कास्कीसँगको सहकार्य सञ्चालित उक्त प्रदर्शनीको बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकन गर्न सकिनेछ । समूहका अध्यक्ष डिबी गुरुङले गत वर्षदेखि प्रदेश स्तरमा ललितकला प्रदर्शनीको आयोजना हुन थालेको बताए ।

सातै प्रदेशबाट छनोटमा परेका कलाकृति राष्ट्रिय ललितकता प्रदर्शनीमा राखिने नेपाल ललितकला प्रतिष्ठानले जनाएको छ । प्रादेशिक ललितकता प्रदर्शनीमा सबै विधाबाट उत्कृष्ट हुने एक जनालाई ५० हजारको पुरस्कार प्रदान गरिने भएको छ ।

चित्रकलातर्फ परम्परागत र समसामयिक चित्रकला, मूर्तिकलातर्फ परम्परागत लोक मूर्तिकला र समसामयिक आधुनिक मूर्तिकला, शिल्पकला–हस्तकला, विद्यार्थी ललितकला प्रादेशिक पुरस्कार गरेर एक–एक जनालाई र लोककला, वास्तुकला तथा अन्य सृजनात्मक कलातर्फ दुई जनालाई पुरस्कृत गरिने प्रतिष्ठानले जनाएको छ । विधागत पुरस्कारको राशि ३० हजार रुपैयाँ रहेको छ ।

राष्ट्रिय प्रदर्शनीमा सहभागी भई सर्वोत्कृष्ट बन्नेले एक लाख र विधागत रूपमा उत्कृष्ट बन्ने कलाकारले ६० हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् । प्रदर्शनीको अवलोकन गर्दे गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले पोखरा आर्ट ग्यालरीलाई व्यवस्थित र सुविधा सम्पन्न बनाउन प्रदेश सरकारले पहल गर्ने बताए । उनले ललितकलाको विकासका लागि प्रदर्शनीले टेवा पुग्ने धारणा राखे ।

प्रदर्शनीको शुभारम्भका क्रममा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’, उपकुलपति गोरे गुरुङलगायत कला क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो । प्रदर्शनीमा विभिन्न कलाकारले तयार पारेका मूर्त÷अमूर्त चित्रकला राखिएको छ । प्रदर्शनीको प्रवर्द्धन नेपाल पर्यटन बोर्डले गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit