काठमाडाैं । साताको मंगलबार शेयर बजारमा दोहोरो अंकको पहिरो गएको छ । यो दिन नेप्से परिसूचक २६.१६ अंकले घटेर दुई हजार ७७०.२६ विन्दुमा आइपुगेको हो । नेप्से परिसूचक घटेसँगै लगानीकर्ता झनै प्यानिक बन्न पुगेका छन् ।
अघिल्लो तुलनामा भने कारोबार रकम केही बढेको छ । अघिल्लो दिन चार अर्बको कारोबार हुँदा यो दिन आइपुग्दा ६ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा पाल्पा सिमेन्ट इष्ड्रटिज,रिलायन्स स्पेनिङ मिल्स,कर्पोरेट डेभलपमेन्ट बैंक र सोलु हाइड्रो पावर कम्पनीको २८ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै यो दिन सर्वाधिक बढ्ने कम्पनीमा हिमालयन बैंकको बोन्ड, साइन रेसुङ्गाको ऋणपत्र, सानिमा बैंकको ऋणपत्र,आरबीबी म्यूचुअल फण्डको शेयर मूल्य ३.०२ प्रतिशतदेखि ६ प्रतिशतसम्मले बढेको छ ।
घटेको बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक,रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, सिटी होटल लिमिटेड भुजुङ हाइड्रो कम्पनीको शेयर मूल्य ८.५६ प्रतिशतदेखि १४.९९ प्रतिशतले घटेको छ ।







कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्