Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

एभरेष्ट बैंकको ३ अर्ब रुपियाँबराबरको ऋणपत्र सार्वजनिक निष्कासन

एभरेष्ट बैंकको ३ अर्ब रुपियाँबराबरको ऋणपत्र सार्वजनिक निष्कासन
विज्ञापन
Advertisement

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आज (फागुन १८) देखि ३ अर्ब रुपियाँबराबरको ऋणपत्र सार्वजनिक निष्कासन गरेको छ। बैंकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेपछि प्रतिऋणपत्र १००० अंकित दरमा ३० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो।

विज्ञापन
Advertisement
Advertisement

६० प्रतिशत व्यक्तिगत तवरबाट, ४० प्रतिशत सर्वसाधारणका लागि बैंकका अनुसार कुल ३० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। बाँकी ४० प्रतिशत अर्थात् १२ लाख कित्ता सर्वसाधारणका लागि खुला गरिएको छ। साथै, ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

यस ऋणपत्रको अवधि १० वर्षको हुनेछ भने वार्षिक ७.५० प्रतिशत ब्याजदर प्रदान गरिनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।ऋणपत्रमा आवेदन दिन इच्छुक लगानीकर्ताले फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन्। यदि सो मिति भित्र पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि चैत ३ गतेसम्म लम्बिन सक्नेछ।

यस ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले लक्ष्मी सनराइज क्यापिटल तथा सी(आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्। एभरेष्ट बैंकले यो ऋणपत्र जारी गरेर आफ्नो वित्तीय स्थायित्व थप मजबुत बनाउने विश्वास लिएको छ भने लगानीकर्ताहरूका लागि सुरक्षित र प्रतिफलमुखी लगानीको अवसर प्रदान गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit