Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

होटल फरेष्ट इनको आईपीओ आजदेखि खुला

होटल फरेष्ट इनको आईपीओ आजदेखि खुला
विज्ञापन
Advertisement

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आवेदन खुला गरेको छ। कम्पनीले आम सर्वसाधारणका लागि कुल ३३ लाख २० हजार कित्ता साधारण शेयर निष्कासन गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

निष्कासन गरिएका शेयरमध्ये २ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ८० हजार कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ।बाँकी शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म शेयरका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखा कार्यालयमार्फत दिन सकिनेछ। साथै, मेरो शेयर प्रणालीमार्फत अनलाइन आवेदनको सुविधा पनि उपलब्ध छ। यो आईपीओ निष्कासन छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गते बन्द हुने कम्पनीले जनाएको छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । होटल फरेष्ट इन लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट गत पुस २० गते प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण शेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

यसअन्तर्गत पहिलो चरणमा कम्पनीले पुस २४ गतेदेखि माघ ८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ जारी गरिसकेको छ । कम्पनीले आजदेखि दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ ल्याएको हो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit