images
images
images

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश बहुमतले स्वीकृत

images
images
images

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ लाई स्वीकृत गरेको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सदन समक्ष प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको हो ।

आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न सरकारले अध्यादेश ल्याएको थियो ।

images
images

अध्यादेश अस्वीकार गरियोस् भन्ने सांसदहरूको सूचना अस्वीकृत भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेश स्वीकृत गरियोस् भनी प्रस्ताव संसदमा राखेका थिए । सदनबाट अध्यादेश बहुमतले स्वीकृत भएको हो ।

images
images

प्रतिक्रिया दिनुहोस्