काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले देशलाई २ वर्षभन्दा अगाडि नै ‘ग्रे लिस्ट’ बाट बाहिर निकालिने बताएका छन् ।
बुधबार संसदमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशबारे उठेका प्रश्नको जवाफ दिने क्रममा उनले २ वर्षभन्दा अगाडि नै ‘ग्रे लिस्ट’ बाट दाबी गरेका हुन् । उनले भने, ‘अहिले हामी सघन निगरानीमा छौं । जसलाई हामी ग्रे लिस्ट भन्ने गर्छौं । सरकारको कमिटमेन्ट छ, हामीले निर्धारित समयमा निर्धारित काम सम्पन्न गरेर ग्रे लिस्टबाट निकाल्छौं।’
देश ‘ग्रे लिस्ट’मा पुग्नुमा अहिलेको सरकारको नभइ पहिलेको सरकारको भूमिका रहेको उल्लेख गरेका मन्त्री पौडेलले त्यसबारे सदनमा आफूले जानकारी दिने बताए ।
रास्वपा सांसद स्वर्णीम वाग्लेले (सम्पत्ति शुद्धीकरण) बारे विश्व्यापी अनुगमन गर्ने फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई जोखिमपूर्ण मुलुकको सूचीमा सरकारको कारण राखेको बताएका थिए ।
सो बारे जवाफ दिँदै अर्थमन्त्री प्रौडेलले भने, ‘ग्रे लिस्टमा मुलुकलाई लग्नका निम्ति यो सरकारले होइन अरु कसैले, जसका बारेमा सदनसमक्षम म ह्वाइट पेपर लिएर उपस्थित हुनेछु । ‘हो ग्रेलिस्टबाट मुलुकलाई कमब्याक गर्नका लागि सरकारले गम्भीर पहलकदमी लिएर आउँछौं ।’ उनले भने, ‘हामीसँग दुई वर्षको समय छ, तर त्यो समय लगाउँदैनौ। त्यो भन्दा अगाडी नै मुलुकलाई बाहिर निकाल्छौं।’
यस्तै उनले संसदलाई राजनीतिक कुण्ठा पोख्ने थलो नबनाउन आग्रह गरे । अध्यादेशबारे उठेका प्रश्नको जवाफ दिने क्रममा उनले सरकारले गरेको नियुत्तीप्रति उठेको प्रश्नको जवाफ दिँदै भने, ‘सदनलाई कुण्ठा व्यक्त गर्ने थलो बनाउन हुँदैन । विचार व्यक्त गर्ने थलो बनाउनुपर्छ । म आग्रह गर्छु, यो कुण्ठा व्यक्त गर्ने थलो नबनाऔं ।’
यस्तै उनले सरकारले गरेका राजनीतिक वा अन्य जुनसुकै निणर्यप्रति उत्तरदायी रहेको भन्दै कर्मचारीको कामको मूल्यांकन गर्नुपर्नेमा जोड दिए ।

















प्रतिक्रिया दिनुहोस्