Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगती ६५ प्रतिशत, प्रसारण लाइन निर्माणमा विलम्ब

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगती ६५ प्रतिशत, प्रसारण लाइन निर्माणमा विलम्ब
विज्ञापन
Advertisement

काठमाडौं ।  तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा ढिलाई भएको छ । आयोजनाले भूमिगत विद्युत्गृहभित्रको काम भने पूरा गरेको जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आयोजनाको प्याकेज २ अन्तर्गत विद्युत्गृहमा इलेक्ट्रोमेकानिकल काम जारी रहेको आयोजना प्रमुख श्यामजी भण्डारीले बताए । हेडरेस टनेल खनेर पेनस्टक पाइप जडान, वेल्डिङ तथा कङ्क्रिटिङ भइरहेको छ । प्याकेज २ मा हालसम्म ६६ प्रतिशत भौतिक प्रगति भएको छ ।

तीन वटा प्याकेजमा काम भइरहेको आयोजनाको हालसम्मको समग्र भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ । प्याकेज ३ अन्तर्गत प्रसारण लाइन निर्माणमा भने खासै प्रगति भएको छैन । वन क्षेत्रका कारण विलम्ब भएको आयोजना प्रमुख भण्डारीको भनाइ छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit