Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

महोत्तरीको भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

महोत्तरीको भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता
विज्ञापन
Advertisement

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आज भारतीय सिमानामा रहेको सुख्खा बन्दरगाह निर्माणस्थलको अवलओकनपछि जलेश्वर उद्योग वाणिज्य संघको ज्ञापनपत्र बुझ्दै दाहालले यस्तो प्रतिबद्धता जनाएका हुन् । आफू प्रधानमन्त्री भएका बेला बन्दरगाह निर्माणका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी दिँदै उनले अब काम अघि बढाउन सहयोग गर्ने बताए । केही काम पहिलेनै अघि बढेको भए पनि बाँकी प्रक्रियाका लागि सहयोग गर्ने दाहालको भनाइ छ ।

पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको एउटा उद्देश्य सीमा क्षेत्रका जनताको अवस्था बुझ्ने र सम्भावित विकास निर्माणका काम अघि बढाउन पहल गर्ने भएकाले भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा पनि अभियानकै एजेण्डा बन्ने अध्यक्ष प्रचण्डले स्पष्ट गरे ।

ज्ञापनपत्र बुझाउँदै संघका अध्यक्ष शिवचन्द्र चौधरीले कलकत्ता बन्दरगाहबाट तेस्रो मुलुकको सामान आयात–निर्यात गर्न जलेश्वर भन्सारबाट एकतर्फी २ सय २५ किलोमिटर मात्रै रहेको जानकारी गराए । उनले यो बन्दरगाह मधेसका सबै जिल्लाको पायक स्थानमा पर्ने भएकाले निर्माण हुन जरुरी रहेको प्रस्ट्याए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit