Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

दूधको अवैध आयात बढ्यो, किसान मर्कामा

दूधको अवैध आयात बढ्यो, किसान मर्कामा
विज्ञापन
Advertisement

काठमाडौं।  बाँकेका खुला सीमा क्षेत्रबाट दूधको अवैध ओसारपसार हुँदा स्थानीय किसान मर्कामा परेका छन् । जिल्लाका विभिन्न सुइया, खडैचा, जमुनाहा, शिउपुरीलगायत नाकाबाट कम गुणस्तरीय दूध आयात भएर सस्तो मूल्यमा बिक्री वितरण हुँदा स्थानीय किसान मर्कामा परेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

दुग्ध उत्पादक सङ्घका केन्द्रीय सदस्य इन्द्रप्रसाद लुइँटेलले खुला सीमा क्षेत्रबाट दैनिक एक हजार लिटर दूध अवैधरूपमा आयात भएको जिकिर गर्दै तत्काल यसको अन्त्य गर्न माग गरे। ‘किसानले उत्पादन गरेको दूधबाट व्यापारीलाई भन्दा किसानलाई फाइदा हुनुपर्छ तर भारतबाट आएको अवैध दूधले यहाँको उत्पादनलाई विस्थापन गरेको छ’, उनले भने।

लुइँटेलले ३० देखि ५० रुपैयाँ सम्ममा भारतबाट भित्रिएको अवैध दूधको मूल्य रहेको जानकारी दिँदै भारतबाट आउने कम गुणस्तरीय दूध सेवनबाट स्वास्थ्यमा प्रतिकूल असर पर्ने बताए ।

उत्पादनका आधारमा राज्यले सुविधा दिएर किसानलाई प्रेरित गर्न आग्रह गर्दै उनले अवैध रूपमा भित्रिएको दूधबाट राज्यले कर पनि नपाएको र किसान पनि मर्कामा परेको गुनासो गरे । ‘कर्मचारीले नदेखेजस्तो गर्ने र प्रहरी पनि थाहा नपाएजस्तो गरेर अवैध दूधको आयात भइरहेको छ’, लुइँटेलले भने ।

लुम्बिनी प्रदेशका कृषिमन्त्री दिनेश पन्थीले दूधको अवैध ओसारपसार प्रहरी र कर्मचारीबीच समन्वय र सहकार्यमा जोड दिँदै नागरिकका हैसियतले कर्तव्य र दायित्व पूरा गर्न सबैलाई आग्रह गरे । उनले अहिलेसम्म विभिन्न अभ्यास भएको तर त्यो पर्याप्त नभएकाले त्यसलाई नयाँ ढङ्गले छलफल गरेर न्यूनीकरण गर्न प्रयास गरिने बताए ।

दुग्ध व्यवसायी पूर्णप्रसाद अधिकारीले भने, ‘दूधको व्यवस्थापन गर्न राज्यले नसक्ने हो भने पशुपालन पनि बन्द गरौँ ।’ बाख्रापालक व्यवसायी प्रेमराज सुवेदीले पशुपालनको महत्त्व राज्यले बुझ्न नसकेको आरोप लगाउँदै पशुपालनबाट माटोको संरक्षण भइरहेको बताए । ‘अखाद्य र रासायनिकतत्वले माटाको उर्वराशक्ति कमजोर भएको छ तर पशुपालनबाट त्ससको संरक्षण हुँदै आएको छ’ उनले भने ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit