images images images
images images images
images
images
images

डेटा सेन्टर र क्लाउड सेवाप्रदायकको सूचीकरण अनिवार्य गरेपछि एनसेलले दियो सूचीकृत गर्न निवेदन

images

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो ‘डेटा सेन्टर’ दर्ता गर्न निवेदन दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना तथा प्रविधि विभागमा सूचीकृत हुन एनसेलले निवेदन दिएको हो ।

सञ्चार मन्त्रालयले गत माघ १५ गते डेटा सेन्टर तथा क्लाउड सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८१ जारी गरेको थियो । त्यसअनुसार, हाल सञ्चालनमा रहेका डेटा सेन्टर एवं क्लाउड सेवा प्रदायक कम्पनीले ६ महिनाभित्र विभागमा सूचीकृत भैसक्नुपर्छ। एनसेलले निवेदन दिएसँगै निर्देशिका पालना गर्दै सूचीकृत हुन जाने पहिलो सेवा प्रदायक एनसेल बनेको छ।

images
images

डाटा सेन्टर र क्लाउड सेवा प्रदायकलाई सूचीकृत हुन सूचना–प्रविधि विभागले निर्देशन नै दिएको छ । विभागका निर्देशक लोकराज शर्माले भने, ‘अहिले एनसेलले निवेदन दिइसकेको छ । अरू पनि डेटा सेन्टर सूचीकृतका लागि बुझ्न आएका छन्।’

विभागले सूचना प्रविधिको प्रयोगमार्फत सरकारी, सार्वजनिक र निजी क्षेत्रबाट सिर्जना भएका डेटाहरूको गोपनीय तवरले देशभित्र सुरक्षित राख्न प्रोत्साहित गर्न हेतु निर्देशिका ल्याइएको जनाएको छ । सूचना प्रविधि प्रणालीलाई भरपर्दो, सुरक्षित एवं प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारले ‘डाटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८१’ तयार गरेको विभागले जनाएको छ । नेपालमा पहिलो पटक डेटा सेन्टर र क्लाउड सेवासम्बन्धी निर्देशिका बनाइएको हो । डेटा सेन्टर र क्लाउड सेवा प्रदायकको सूचीकरण प्रक्रियाले यस क्षेत्रको नियमन, पारदर्शिता र साइबर सुरक्षालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्