Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

दराजको ‘४.४ नव वर्ष उत्सव’ सार्वजनिक, ७५५सम्म छुट र आकर्षक उपहार

दराजको ‘४.४ नव वर्ष उत्सव’ सार्वजनिक, ७५५सम्म छुट र आकर्षक उपहार
विज्ञापन
Advertisement

काठमाडौं । नयाँ वर्ष २०८३ को अवसर पारेर दराज नेपालले ‘४।४ नव वर्ष उत्सव’ सार्वजनिक गरेको छ। कम्पनीले ग्राहकलाई आकर्षक छुट, भौचर र उपहारसहित एक सातासम्म चल्ने विशेष किनमेल अभियान ल्याएको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

दराजका अनुसार, उक्त सेल अप्रिल ३ (चैत २०) बेलुका ८ बजेदेखि सुरु भई अप्रिल १० (चैत २७) सम्म सञ्चालन हुनेछ। अभियान अवधिभर ग्राहकहरूले ७५ प्रतिशतसम्मको छुट, निःशुल्क होम डेलिभरी तथा करिब ८३ लाख रुपैयाँ बराबरका भौचर प्राप्त गर्न सक्नेछन्।

कम्पनीले नयाँ वर्षलाई लक्षित गर्दै विभिन्न ब्रान्ड र क्याटेगरीमा दैनिक फ्ल्यास सेलमार्फत विशेष अफर उपलब्ध गराउने जनाएको छ। प्लाटिनम, गोल्ड र सिल्भर साझेदार ब्रान्डमार्फत ६० देखि ६५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ।

यसका साथै, ग्राहकलाई सहज भुक्तानी सुविधा दिन चार बैंकसँग सहकार्य गरिएको छ। नबिल बैंक, हिमालयन बैंक, महालक्ष्मी बैंक र नेपाल बैंकका कार्ड प्रयोगकर्ताले अतिरिक्त छुट पाउनेछन्। क्रेडिट कार्डमा १५ प्रतिशत (अधिकतम ७५० रुपैयाँ) र डेबिट कार्डमा १० प्रतिशत (अधिकतम ५०० रुपैयाँ) छुट उपलब्ध हुने कम्पनीले जनाएको छ। ईसेवा र खल्ती प्रयोगकर्ताका लागि ‘रश आवर’ अफरसमेत राखिएको छ।

अभियान अन्तर्गत ग्राहकहरूले ४४ रुपैयाँ, ४४४ रुपैयाँ, १,४४४ रुपैयाँ र २,४४४ रुपैयाँका विशेष डिलहरू पनि प्राप्त गर्न सक्नेछन्। साथै, नयाँ वर्षसँग जोडिएका २,०८३ रुपैयाँका विशेष अफरहरू पनि उपलब्ध गराइनेछ।

लक्की ड्रमा आकर्षक उपहार

सेल अवधिमा ५,००० रुपैयाँभन्दा बढी खरिद गर्ने ग्राहक स्वतः लक्की ड्रमा सहभागी हुनेछन्। यस अन्तर्गत एक जनाले करिब १ लाख ८० हजार रुपैयाँ बराबरको फिलिप्स होम अप्लायन्स बन्डल जित्नेछन्।

यसका अतिरिक्त भिभो भी७० स्मार्टफोन, एक्सरसाइज साइकल, डिस्प्ले र्याक, प्रिन्टर र्याक, हेल्मेट तथा ब्लुटुथ इन्टरकम लगायतका उपहारहरू पनि वितरण गरिनेछ।

दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरका अनुसार, यो अभियानले नेपालको डिजिटल व्यापार प्रणालीलाई थप सुदृढ बनाउन सहयोग पुर्‍याउनेछ। ‘सशक्त ब्रान्ड साझेदारी र आकर्षक अफरमार्फत हामी ग्राहकलाई उत्कृष्ट किनमेल अनुभव दिन चाहन्छौं, उनले भनिन्।

दराज सन् २०१५ मा स्थापना भएको दक्षिण एसियाको अग्रणी ई–कमर्स प्लेटफर्म हो, जसले नेपालसहित पाकिस्तान, बंगलादेश, श्रीलंका र म्यानमारमा सेवा प्रदान गर्दै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit