Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सामसङले ल्यायो नयाँ बिस्पोक एआई रेफ्रिजेरेटरको दुई भेरियन्ट, मूल्य कति ?

सामसङले ल्यायो नयाँ बिस्पोक एआई रेफ्रिजेरेटरको दुई भेरियन्ट, मूल्य कति ?
विज्ञापन
Advertisement

काठमाडौं । सामसङ नेपालले गर्मी मौसमलाई ध्यानमा राख्दै आफ्नो नयाँ, स्मार्ट र स्टाइलिस बिस्पोक एआई डबल डोर रेफ्रिजेरेटर सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

सामसङको बिस्पोक एआई रेफ्रिजेरेटरले अत्याधुनिक कुलिङ प्रविधि, स्मार्ट उर्जासञ्चयका साथ गर्मीलाई सहज बनाई यस सिजनको लागि उत्तम होम अप्लाएन्स बन्ने कम्पनीले उल्लेख गरेको छ।

कम्पनीका अनुसार बिस्पोकको विशेष फ्ल्याट डोर डिजाइन आधुनिक किचनको लागि उत्तम विकल्प हो। एआई एनेर्जी मोड, स्मार्ट कनेक्सन, कन्भर्टएबल ५–इन–१ मोडहरू, र ट्वीन कुलिंग प्लस जस्ता एडभान्स फिचरहरू रहेको नयाँ बिस्पोक एआई रेफ्रिजेरेटरहरू आकर्षक, स्मार्ट र फ्लेक्सिबल पनि छन्।

एआई एनर्जी मोडले स्मार्ट एल्गोरिदमको प्रयोग गरी ऊर्जा खपतलाई अनुकूल बनाउँने हुँदा युजेज प्याटर्न अनुसार समायोजन गर्दै १० प्रतिशतसम्म ऊर्जाको बचत गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ।

कन्भर्टएबल ५–इन–१ मोडहरुले जुनसुकै घरको आवश्यकताहरू पुरा गर्न अनुकूल रहने गरी सुविधा दिने कम्पनीले जनाएको छ । यस्तै, नर्मल, सिजनल, एक्स्ट्रा फ्रिज, भेकेसन र होम अलोन् गरी आवश्यकता अनुसार प्रयोग गर्न मिल्ने पाँच भिन्न मोडहरू भएको यो रेफ्रिजेरेटरले ऊर्जा बचत र अधिकतम उपयोगिता सुनिश्चित गर्ने कम्पनीको दाबी छ।

फ्रिजमा ट्वीन कुलिंग प्लस प्रविधिमा रेफ्रिजेरेटर र फ्रिजरका लागि अलग–अलग कुलिङ सिस्टम प्रयोग गरेकाले ७० प्रतिशतसम्म आद्रता कायम राख्न मद्दत गर्ने गर्नुका साथै गर्मीको समयमा पनि फ्रिजमा स्टोर गरिएको फलफूल र तरकारीहरू लामो समयसम्म ताजा रहन्छन्। यसमा रहेको एडभान्स इभ्यापोरेटर प्रविधिले सही तापक्रम व्यवस्थापन गरी खाद्य पदार्थको ताजगीलाई सुरक्षित राख्छ ।

नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर आधुनिक डिजाइन र प्रिमियम प्रविधिमा बनेको छ।

नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर ३९६ लिटर र ४१९ लिटर क्यापासिटीका दुई भेरियन्टमा उपलब्ध छन्। यसको मूल्य १ लाख १२ हजार ९९० रुपैयाँबाट सुरु हुन्छ भने अहिले रहेको विशेष छुट अफरमा १ लाख १ हजार रुपैयाँमै खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

यो अफर सीमित अवधिको लागि मात्र लागू गरिएको छ सामसङले जनाएको छ। नयाँ रेफ्रिजरेटरहरू किस्तावन्दी सुविधामा र अनलाइनबाटै समेत खरिद गर्न सकिने कम्पनीले उल्लेख गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit