काठमाडौं । जिली होल्डिङ्ग समूहको रिड्डारा RD6 ले थाइल्यान्डमा सर्वश्रेष्ठ ईभी पिकअप अवार्ड जितेको छ । यो अवार्ड पहिलो इलेक्ट्रिक पिकअपको रूपमा रिड्डाराले पाएको हो । रिड्डारा RD6 (आरडी- ६) लाई दिइएको यो पुरस्कारले नवप्रवर्तन र दिगोपनामा विश्वास थप्दै, यसलाई नयाँ ऊर्जा पिकअप क्षेत्रमा एक अग्रणी स्थानमा पुर्याएको कम्पनीले जनाएको छ ।
नेपालमा रिड्डारा आरडी ६ लाई एक वर्ष अघि सार्वजनिक गरिएको थियो । सिजी मोटर्सले नेपालमा अत्याधुनिक प्रविधिमैत्री रिड्डारा आरडी ६ लाई उपयोगितामा ल्याएको छ। जिलीको राडार ब्राण्ड अन्तर्गत विकास गरिएको RD6 मल्टीप्लेक्स अट्याच्ड आर्किटेक्चर (MAP) मा निर्माण गरिएको हो, जुन सस्टेनेबल एक्सपिरियन्स आर्किटेक्चर (SEA) प्लेटफर्ममा आधारित छ।
मुख्य विशेषताहरु:
200 किलीवाट पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर (PMSM) जसले 272 PS र 384 Nm टोक प्रदान गर्दछ। ब्याट्री र दायरा: 63 किलोवाट घण्टा लिथियम आयरन फॉस्फेट ब्याट्री जसको NEDC- दावी गरिएको दायरा 377 किमि छ। चार्जिङ: 7.2 किलीवाट AC चार्जिङ, 0-100% मात्र 9.5 घण्टामा। व्हीकल–टु–लोड (V2L): 6kW सम्मको बाह्य उपकरणलाई शक्ति प्रदान गर्न सक्षम। उन्नत ग्राउन्ड क्लियरन्स: 225 मिमी, जुन ICE पिकअपहरूभन्दा 20% बढी छ। Cargo स्पेस: 1,200 लिटर, जसमा पावर सॉकेटहरू समावेश छन्। प्रिमियम इन्टेरियर्स: लेदर-र्याप्ड स्टीयरिङ ह्वील, लेदरटे सीटहरू, 12.3 इन्चको इन्फोटेनमेन्ट स्क्रिन, र 10.25 इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर। आकार: 5260 मिमी (लम्बाइ) x 1900 मिमी (चौडाइ) x 1865 मिमी (उचाइ), 3120 मिमी व्हीलबेस।सस्पेन्सन: म्याकफर्सन स्ट्रट (अगाडि) र मल्टि-लिंक (पछाडि)।
यसले नेपालभर २२ स्थानमा सर्भिस सेन्टरहरु सहित सिजी मोटर्सले उत्कृष्ट बिक्रीपछिको सेवा र स्पेयर पार्ट्सको पहुँच सुनिश्चित गरेको छ। २४० बढी चार्जिङ स्टेसनहरूसँग, रिड्डारा RD6 ले सहज रुपमा चार्जिङको सुविधा उपलब्ध गराउँदै आएको छ। जसले अन्य ब्राण्डहरू भन्दा RD6 लाई प्रतिस्पर्धामा अरुभन्दा माथी राख्ने कम्पनीले उल्लेख गरेको छ ।

















प्रतिक्रिया दिनुहोस्