images
images
images

तीन पालिकाद्वारा सडकबत्तीको पाँच करोड बक्यौता तिर्न अटेर

images
images
images

काठमाडौं । सुनसरीका तीन स्थानीय तहले सडकबत्तीको पाँच करोड ९१ लाख ६० हजार रुपैयाँ बक्यौता तिर्न अटेर गरेका छन् ।

इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका र बराक्षेत्र नगरपालिकाले सडकबत्तीको बक्यौता तिर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण इटहरी वितरण केन्द्रका प्रमुख रामउदगार साहले जानकारी दिए । बक्यौता तिर्न पटक–पटक सूचना जारी गरे पनि हालसम्म नतिरेको उनले बताए ।

images
images

इटहरी उपमहानगरपालिकाले तीन करोड ७७ लाख ४० हजार, बराहक्षेत्र नगरपालिकाले एक करोड ३५ लाख २५ हजार र रामधुनी नगरपालिकाले ७८ लाख ९४ हजार रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ ।

प्रमुख साहले भने, “बक्यौता रकम तिर्न पालिकालाई पत्र पठाउँदै आएका छौँ ।”

इटहरी वितरण केन्द्रका सूचना अधिकारी सुरज गोसाईंका अनुसार प्रत्येक महिना सडकबत्तीको बिल पालिकालाई पठाउने गरिएको छ । प्राधिकरणले बक्यौता नतिर्नेको विद्युत्को लाइन काट्दै आएको छ । चालू आर्थिक वर्ष २०८१/८२ मा साउन महिनायता १२ हजार ८२ जनाको लाइन काटिएको उनले बताए ।

images
images

प्रतिक्रिया दिनुहोस्