Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

तीन पालिकाद्वारा सडकबत्तीको पाँच करोड बक्यौता तिर्न अटेर

तीन पालिकाद्वारा सडकबत्तीको पाँच करोड बक्यौता तिर्न अटेर
विज्ञापन
Advertisement

काठमाडौं । सुनसरीका तीन स्थानीय तहले सडकबत्तीको पाँच करोड ९१ लाख ६० हजार रुपैयाँ बक्यौता तिर्न अटेर गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका र बराक्षेत्र नगरपालिकाले सडकबत्तीको बक्यौता तिर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण इटहरी वितरण केन्द्रका प्रमुख रामउदगार साहले जानकारी दिए । बक्यौता तिर्न पटक–पटक सूचना जारी गरे पनि हालसम्म नतिरेको उनले बताए ।

इटहरी उपमहानगरपालिकाले तीन करोड ७७ लाख ४० हजार, बराहक्षेत्र नगरपालिकाले एक करोड ३५ लाख २५ हजार र रामधुनी नगरपालिकाले ७८ लाख ९४ हजार रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ ।

प्रमुख साहले भने, “बक्यौता रकम तिर्न पालिकालाई पत्र पठाउँदै आएका छौँ ।”

इटहरी वितरण केन्द्रका सूचना अधिकारी सुरज गोसाईंका अनुसार प्रत्येक महिना सडकबत्तीको बिल पालिकालाई पठाउने गरिएको छ । प्राधिकरणले बक्यौता नतिर्नेको विद्युत्को लाइन काट्दै आएको छ । चालू आर्थिक वर्ष २०८१/८२ मा साउन महिनायता १२ हजार ८२ जनाको लाइन काटिएको उनले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit