
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुन प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ तोकेको छ ।
मंगलबार सोही परिमाणको सुन प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ३० रुपैयाँले बढेर चाँदी आज २ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्