Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

मुकुम्लुङ संरक्षण पार्टीहरूले गरेको बन्दले पूर्वको जनजीवन प्रभावित

मुकुम्लुङ संरक्षण पार्टीहरूले गरेको बन्दले पूर्वको जनजीवन प्रभावित
विज्ञापन
Advertisement

काठमाडौँ । ताप्लेजुङको मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आइरहेको मुकुम्लुङ संरक्षण अन्तरदलीय पार्टीहरूले गरेको बन्दका कारण पूर्वी जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

विज्ञापन
Advertisement
Advertisement

मुकुम्लुङ अन्तरदलीय राजनीतिक पार्टीले माघ २०/२१ गते अरुणपूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा गरी नौ जिल्ला बन्दको आह्वान गरेको छ। बन्दका कारण कोशी राजमार्ग हुँदै धरानबाट धनकुटा– तेह्रथुम र संखुवासभा जाने तथा पहाडी क्षेत्रबाट तराई जाने सवारी साधन सञ्चालन हुन सकेका छैनन्।धरानबाटै सवारीसाधन नआएका कारण यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ। त्यस्तै, तमोर करीडोर ठप्प हुँदा धनकुटाको गढतिर क्षेत्र तथा ताप्लेजुङ, पाँचथरलगायतको स्थानमा सवारीसाधन सञ्चालन भएका छैनन्।

केबुलकार निर्माण रोक्नुपर्ने, प्रहरीले गोली हानी घाइते बनाएकाहरूको आजीवन जीवन निर्वाहको व्यवस्था गर्नुपर्ने र गिरफ्तार गरिएका आफ्ना समुहका मान्छे विनाशर्त रिहाइ गर्नुपर्ने माग राखी दुई दिन बन्द आह्वान गरेका हुन् । मुकुम्लुङ संरक्षण अन्तरदलीय पार्टीहरूले आफूहरूको धार्मिक आस्थामा खलल पुर्‍याउने गरी व्यापारिक घरानालाई केबुलकार बनाउन दिएको भन्दै विरोध गर्दै आएका छन् । केही दिनअघि प्रहरीसँगको झडपमा सो समुहका ३ जना गोली लागी गम्भीर घाइते भएपछि थप आन्दोलनमा उत्रिएका हुन्।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit