Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

नोट छाप्न राष्ट्र बैंकले छान्यो प्रारम्भिक चरणमा चाइना देखि फ्रान्स सम्मका यी ६ कम्पनी

नोट छाप्न राष्ट्र बैंकले छान्यो प्रारम्भिक चरणमा चाइना देखि फ्रान्स सम्मका यी ६ कम्पनी
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली बैंक नोट डिजाइन, छपाइ, आपूर्ति र ढुवानीका लागि प्रारम्भिक चरणमा ६ वटा कम्पनीलाई छानेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकका अनुसार प्रारम्भिक चरणमा चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरसन, बेलायतको डेलारु इन्टरनेसन लिमिटेड, जर्मनीको गिसेके प्लस डेभ्रिएन्ट करेन्सी टेक्नोलोजीलाई छनोट गरिएको छ ।

यस्तै, रुसको ज्वाइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको ओबर्थर फिडुसियायर एसएमएस र पोल्याण्डको पोलिस सेक्युरिटी प्रिन्टिङ वर्कस् (पीडब्ल्यूपीडब्ल्यूएसए) समेत राष्ट्र बैंकको पहिलो चरणमा छनोट भएका छन् ।

यी ६ वटै कम्पनी प्रारम्भिक चरणमा छनोटमा परेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

राष्ट्र बैंकले गत जनवरी १० मा सूचना प्रकाशित गर्दै बैंक नोट छाप्ने प्रतिस्पर्धामा सामेल हुन आवेदन माग गरेको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit