Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

रेग्मीको अध्यक्षतामा मिटरव्याजसम्बन्धी आयोग गठन, यी हुन मन्त्रिपरिषद्का अन्य निर्णयहरु

रेग्मीको अध्यक्षतामा मिटरव्याजसम्बन्धी आयोग गठन, यी हुन मन्त्रिपरिषद्का अन्य निर्णयहरु
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार सिंहदरबारमा फागुन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न बाबुराम रेग्मीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको जानकारी दिए।

आयोगका सदस्यमा भरतबहादुर बोहरा र बद्रीप्रसाद भट्टराई रहेका छन् ।

यस्तै, बैठकले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्त गर्ने देखि विभिन्न १५ निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिए। स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक मा सरकारले डा.रघुनाथ काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले जग्गा प्रशासन निर्देशिका, २०५८ र भू–सूचना प्रणाली सञ्चालन निर्देशिका, २०७१ खारेज गरेको छ ।

आर्थिक वर्ष २०८१/०८२ को बाँकी अवधिका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत सञ्चालन उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम, काठमाडौंका लागि अधिकृतस्तरका आठ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

नागरिक उड्डयन क्षेत्रको सुधारसम्बन्धी उच्चस्तरीय अध्ययन तथा सुझाव समितिको म्याद ४५ दिन थप गरेको बैठकले गैरआवासीय नेपालीसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिए ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय :

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit