काठमाडौं । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा सामाजिक सुरक्षा कोष र नाडा अटोमोवाइल्स एसोसियसन अफ नेपालबीच सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम बजारमा देखिएको खाडललाई सम्बोधन गर्न काठमाडौंमा आयोजना गरेको पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा नाडासँगै अन्य ६ वटा निजी क्षेत्रका छाता संगठनबीच सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेसम्बन्धी समझदारी पत्रमा मंगलबार हस्ताक्षर भएको हो ।
श्रम शक्तिको यथोचित उपयोग गरी स्वदेशमा रोजगारी सिर्जना गर्ने निजी क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्दै वैदेशिक रोजगारीबाट प्राप्त सीप, ज्ञान र पूँजीको सदुपयोग गर्ने लक्ष्य सरकारले राखेको छ ।

















प्रतिक्रिया दिनुहोस्