Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

घरपझोङ रिङ्रोड सडकमा चरम लापर्वाही, ठेकेदार कम्पनीले ६ वर्षमा पनि पूरा गरेन ५ किमी सडक कालोपत्र

घरपझोङ रिङ्रोड सडकमा चरम लापर्वाही, ठेकेदार कम्पनीले ६ वर्षमा पनि पूरा गरेन ५ किमी सडक कालोपत्र
विज्ञापन
Advertisement

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकाको ५ वटा वडा जोड्ने रिङ्रोड सडक कालोपत्रमा निर्माण कम्पनी बन्दना भगवती जेभिले बदमासी गरेको पाइएको छ ।

विज्ञापन
Advertisement
Advertisement

घरपझोङ रिङ्रोड सडकअन्तर्गत जोमसोम–ठिनी सडक कालोपत्र गर्दा सम्बन्धित निर्माण कम्पनीले बदमासी गरेको गुनासो बढेपछि घरपझोङ–५ को वडा कार्यालयले पूर्वाधार विकास कार्यालयलाई स्पष्टीकरण मागेको छ ।

गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले जोमसोम, ठिनी, ढुम्बाताल, सम्ले, छैरो र चिमाङलगायत आधा दर्जन गाउँ जोड्ने ‘एक निर्वाचन क्षेत्र, एक सडक’ योजनाअन्तर्गत घरपझोङ रिङ्रोड सडक २०७६ साल कात्तिक २१ गते बन्दना भगवती जेभिसँग २१ करोड ४३ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको थियो । रिङ्रोड सडकअन्तर्गत १० किमी सडकमध्ये नयाँ ट्र्याक खोल्ने र जोमसोमदेखि ढुम्बासम्म ५ दशमलव ५ किमी दूरीमा कालोपत्र गर्ने योजना परेको थियो ।

सडकको नाली निर्माणसहित आठ मिटर चौडा सडकमा जोमसोम–ठिनी–ढुम्बासम्म पाँच किमी दूरीमा प्रिमिक्स कालोपत्र गरिने योजना थियो । सम्झौता अवधि २०७७ साल माघ महिनासम्म तोकिएको घरपझोङ रिङ्रोड सडकको पाँच पटकभन्दा धेरै म्याद थप भइसकेको छ ।

जीर्ण आयोजनाको सूचीमा परेको घरपझोङ रिङ्रोड सडकमा निर्माणमा निर्माण कम्पनीले चरम ढिलासुस्ती देखाएका कारण हालसम्म पनि रिङ्रोड सडक सम्पन्न हुन सकेको छैन । निर्माण कम्पनीलाई पूर्वाधार विकास कार्यालयको पटक पटकको ताकेतापछि जसोतसो घरपझोङ रिङ्रोड सडकअन्तर्गत जोमसोम–ठिनी सडकको ३ किमी दूरीमा गत मङ्सिरमा कालोपत्र गरिएको थियो । अहिले जोमसोम–ठिनी जाने सडकको कालोपत्र कमसल र उप्किएको भन्दै त्यस क्षेत्रका स्थानीयले असन्तुष्टि जनाइरहेका छन् ।

अख्तियारी प्राप्त निकायले प्राविधिक अनुमगन नगरेकाले कालोपत्र सडक कमसल हुँदा उप्किन पुगेको भन्दै स्थानीय सरोकारवालाले गुनासो गर्न थालेका हुन् । घरपझोङ रिङ्रोड सडकअन्तर्गत गत मङ्सिरमा तीन किमी दूरी कालोपत्र गरेर चिसो बढेको भन्दै निर्माण कम्पनीले सडक स्तरोन्नतिकार्य स्थगित गरेको थियो । निर्माण कम्पनीले काम स्थगित गरेको तीन महिना बितिसक्दा समेत अहिले पनि रिङरोड सडक निर्माणको काम सुरू हुनसकेको छैन ।

रिङ्रोड सडकअन्तर्गत जोमसोम–ठिनी सडकमा गरिएको कालोपत्र सम्बन्धिमा जनगुनासो बढेसँगै घरपझोङ–५ ठिनीको वडा कार्यालयले गत २१ मङ्सिरमा पूर्वाधार विकास कार्यालय मुस्ताङसँग स्पष्टीकरण माग गरेको हो । त्यहाँका वडाध्यक्ष प्रदीप थकालीले हस्ताक्षर गरेको पत्रमा जोमसोम–ठिनी सडकको कालोपत्र गुणस्तरहिन र अत्यन्तै कमजोर भएको उल्लेख गरिएको छ ।

पत्रमा यस कालोपत्र सडकको गुणस्तरलाई लिएर स्थानीयवासी व्यापक असन्तुुष्टि रहेकाले सो सडकको कालोपत्र गुणस्तरका सम्बन्धमा यतार्थ जानकारी गराउन र सडकलाई कसरी गुणस्तर कायम गर्न सकिन्छ रु भन्ने सम्बन्धमा स्पष्ट जवाफ पेस गर्न समेत वडा कार्यायले ध्यानार्कषण गराएको पत्रमा उल्लेख गरिएको छ ।

यता, पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इञ्जिनीयर घनश्याम रोक्कामगरले जोमसोम–ठिनी कालोपत्र सडकमा समस्या भएको देखिएमा पुनःसमाधान गर्न सकिने हलुका जवाफ दिए । इञ्जिनीयर रोक्कामगरले वडा कार्यालयको पत्र प्राप्त भएको र त्यसको जवाफ लेखेर पठाइएको जानकारी दिए । उनले उक्त सडक ५ सेमी मोटाइको प्रिमिक्स कालोपत्र भएको र त्यसमा कुनै त्रुटी भएको प्राविधिक अध्ययनमा देखिएमा करेक्सन गर्न सकिने भन्दै थपे, “ठेक्का सम्झौता र शर्तहरू निर्माण कम्पनीले कार्यान्वयन गरेको छछैन हामीले हेर्ने हो, शर्त पालना नभएको देखिएमा पुन ः त्यहाँ कालोपत्र गराउन लगाईनेछ ।”

सूचना अधिकारी इञ्जिनीयर रोक्कामगरले रिङ्रोड सडकमा ठेकेदारले अनुकूल समयमा कालोपत्र नगरेको स्वीकारे । “सायद तापक्रम नपुगेकाले पनि समस्या आएको हुनसक्छ, अनुकूल समयमा काम गरिनुपथ्र्यो । काम गर्छु भनेर आएपछि नगर भन्न मिलेन, यसैले ठिनी गाउँसम्म कालोपत्र गर्न दियौँ ।”

मुस्ताङको घरपझोङ रिङ्रोड सडकको ६ वर्षमा भौतिक प्रगति ७६ प्रतिशत सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । रिङ्रोड सडकमा अझै सडक संरचना, नाली निर्माण, सडक फिनिसिङलगायता कार्य बाँकी रहेको छ । घरपझोङ रिङ्रोड बनेपछि मुख्य सडकबाट ओझेलमा परेका ठिनी, ढुम्बा, सम्ले, छैरो र चिमाङलगायत आधादर्जन गाउँका कृषि उपजको बजारीकणमा निकैनै सहज पुग्ने देखिन्छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit