images
images
images

गभर्नर अधिकारीको विदाईले पनि उकासियन शेयर बजार, झनै प्यानिक बन्दै

images
images
images

 काठमाडाैं । साताको बुधबार दिन नेप्से सूचक घटेर एक महिना अघिकै विन्दुमा आइपुगेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफ्नो कार्याकालको अन्तिम समयमा आइपुग्दा आजबाट कार्यवाहक डेपुटी गभर्नर निलम तिमल्सिनालाई जिम्मा लगाएर विदा बसेका छन् । यता लगानीकर्ताहरु उनको विदा बसाईसँगै बजारले गति लिन सक्नेभन्दै आकँल गरेता पनि बजार झनै प्यानिक बन्न पुगेको छ ।

यो समाचार तयार पार्ने बेलामा सम्ममा नेप्से परिसूचक ६.४१ अंकले घटेर २ हजार ६९८.२८ विन्दुमा आइपुगेको छ । यो विन्दु गत फागुन ४ गते पुगेको थियो । त्यसपछि उचालिएको बजार २९ सय विन्दुबाट पुन फर्किएको थियो । अधिकारीको विदाईपछि बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्ताहरु निराशा बनेका छन् । यतिबेला कारोबार पनि २ अर्ब ५९ करोड रुपैयाँ मात्र भइरहेको छ । अब कारोबार बन्द हुन एक घन्टा मात्र बाँकी छ । यसले बजार पर्ख र हेरको अबस्थामा देखिएको छ । सरकारले हालसम्म नयाँ गभर्नरको प्रक्रियालाई औपचारिक रुपमा अघि बढाएको छैन । गभर्नर बन्नलाई एकदर्जनभन्दा बढी आकांक्षी देखिएका छन्।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्