Advertisement
Advertisement
Corporate Samachar
३ भाद्र २०८३, बुधबार
Advertisement
Advertisement

गभर्नर अधिकारीको विदाईले पनि उकासियन शेयर बजार, झनै प्यानिक बन्दै

गभर्नर अधिकारीको विदाईले पनि उकासियन शेयर बजार, झनै प्यानिक बन्दै
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको बुधबार दिन नेप्से सूचक घटेर एक महिना अघिकै विन्दुमा आइपुगेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफ्नो कार्याकालको अन्तिम समयमा आइपुग्दा आजबाट कार्यवाहक डेपुटी गभर्नर निलम तिमल्सिनालाई जिम्मा लगाएर विदा बसेका छन् । यता लगानीकर्ताहरु उनको विदा बसाईसँगै बजारले गति लिन सक्नेभन्दै आकँल गरेता पनि बजार झनै प्यानिक बन्न पुगेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो समाचार तयार पार्ने बेलामा सम्ममा नेप्से परिसूचक ६.४१ अंकले घटेर २ हजार ६९८.२८ विन्दुमा आइपुगेको छ । यो विन्दु गत फागुन ४ गते पुगेको थियो । त्यसपछि उचालिएको बजार २९ सय विन्दुबाट पुन फर्किएको थियो । अधिकारीको विदाईपछि बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्ताहरु निराशा बनेका छन् । यतिबेला कारोबार पनि २ अर्ब ५९ करोड रुपैयाँ मात्र भइरहेको छ । अब कारोबार बन्द हुन एक घन्टा मात्र बाँकी छ । यसले बजार पर्ख र हेरको अबस्थामा देखिएको छ । सरकारले हालसम्म नयाँ गभर्नरको प्रक्रियालाई औपचारिक रुपमा अघि बढाएको छैन । गभर्नर बन्नलाई एकदर्जनभन्दा बढी आकांक्षी देखिएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit