Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

जापानी कार निर्माता कम्पनीले दिए उत्पादन कटौती गर्ने चेतावनी

जापानी कार निर्माता कम्पनीले दिए उत्पादन कटौती गर्ने चेतावनी
विज्ञापन
Advertisement

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सवारी साधनको आयातमा कर लगाउने योजना अघि बढाए जापानका शीर्ष कार उत्पादन कम्पनीहरूले उत्पादन कटौती गर्ने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

कार उद्योग जापानी अर्थव्यवस्थाको एक विशाल स्तम्भ हो । जापानमा कार उत्पादन उद्योग लगभग १० प्रतिशत रोजगारी क्षेत्रसँग जोडिएको छ । जापानको टोयोटा विश्वको सबैभन्दा बढी बिक्री हुने कार निर्माता कम्पनी हो ।

‘जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (जामा) का अध्यक्ष मासानोरी काटायामाले टोकियोमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी व्यापार संरक्षणवादको प्रभावबारे चेतावनी दिँदै भने, ‘अमेरिकाले लागु गर्ने भनिएको कर वृद्धि जापान, मेक्सिको र क्यानडाका निर्यातकर्तालाई लागू गरिएमा ट्रम्प प्रशासनले विचार गरिरहेको समग्र अमेरिका र जापानको अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा हामी चिन्तित छौँ ।’

ट्रक उत्पादक इसुजु मोटर्सका प्रमुख कार्यकारी समेत रहेका कातायामाले भने, ‘यदि यस्तो भयो भने उत्पादनमा उल्लेखनीय समायोजन हुन सक्छ ।’

सन् २०२४ मा जापानको २१.३ ट्रिलियन येन (१४२ बिलियन अमेरिकी डलर) को अमेरिकी निर्यातको लगभग एक तिहाई हिस्सा सवारी साधनले ओगटेको छ।

मन्त्रीहरूले आफ्ना अमेरिकी समकक्षीहरूलाई स्टील र सवारी साधन जस्ता जापानी सामानहरूमा कर छूट सुनिश्चित गर्न लबिङ गर्दै आएका छन्, तर अहिलेसम्म यी अनुरोधहरू अमेरिकी निकायबाट अस्वीकार हुँदै आएका छन् ।

पत्रकार सम्मेलनमा सन् १९८६ मा ३४ लाख ३० हजार गाडी बिक्री भएकोमा सन् १९८६ मा जापानमा १३ लाख ७० हजार सवारी साधन निर्यात हुने गरेको टोयोटा, होन्डा र अन्य प्रमुख औद्योगिक कम्पनीका अधिकारीहरूको समेत सहभागि थिए ।

‘यी निर्यातहरू अमेरिकी मोटर चालकहरूलाई कार निर्माताको पूर्ण उत्पादन लाइनहरू प्रदान गर्न आवश्यक छन्,’ कातायामाले भने ।

कातायामाले अन्तर्राष्ट्रिय आर्थिक ’अनिश्चितता’ले लगानीसम्बन्धी निर्णयलाई थप कठिन बनाइरहेको समेत उनले बताए ।

उनले जापानी ब्रान्डहरूले अमेरिकामा रोजगारी सिर्जना गरेको र अमेरिकाको कर्पोरेट सदस्यको रूपमा काम गरेको पनि बताए । जामाले जापानका १४ शीर्ष कार र मोटरसाइकल उत्पादकलाई समूह बनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit