
काठमाडाैं। साताको बुधबार दिन नेप्से परिसूचक २ हजार ६८२.१५ विन्दुमा आइपुगेको छ । १४.८८ अंकले घटेको बजारमा कारोबार भने अघिल्लो दिनको तुलनामा केही बढेको छ । यो दिन ५ अर्ब माथिको कारोबार भएको छ भने सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स कम्पनी रहेको छ । यो दिन १८३ वटा कम्पनीको शेयर मूल्य घट्दा ५३ वटा कम्पनीको शेयर मूल्य बढेको छ ।
जसमा सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्था,गरिमा समृद्धि योजना,भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र ग्रिन डेभलपमेन्ट बैंकको शेयर मूल्य ७ प्रतिशतदेखि ९.३९ प्रतिशतले बढेको छ । घटेको बजारमा सामुदायिक लघुवित्त वित्तीय संस्था, हिमालयन पावर पार्टनर, स्वेट गंगा हाइड्रो पावर एण्ड कन्ट्रक्सनको शेयर मूल्यमा भारी गिरावट आएको छ।
१३ वटा उपसमूह सूचकमध्ये, होटल तथा पर्यटन,म्यचुअल फण्ड र टे«डिङ समूहको सूचक सामान्यले बढेको छ।
प्रतिक्रिया दिनुहोस्