Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

भूकम्पपीडितलाई दोस्रो किस्तामा तीन करोड ६८ लाख वितरण गरिँदै

भूकम्पपीडितलाई दोस्रो किस्तामा तीन करोड ६८ लाख वितरण गरिँदै
विज्ञापन
Advertisement

बाजुरा । जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितको आवास निर्माणका लागि दोस्रो किस्ता पालिकालाई हस्तान्तरण गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष मेघनाथ पाध्याका अनुसार गृहमन्त्रालयबाट आएको रकम पालिकालाई वितरण गर्ने निर्णय गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

उनका अनुसार उक्त रकम एक हजार चार सय ७३ जना भूकम्पपीडितलाई प्रदान गरिनेछ । जिल्लाका नौ पालिकामध्ये हिमाली र जगन्ना गाउँपालिकाको भूकम्प प्रभावितको तथ्यांक अद्यावधिक नभएकाले उक्त पालिकाका प्रभावितहरुका लागि भने रकम नआएको उनले बताए । उनले त्रिवेणी नगरपालिकामा २८ लाख २५ हजार, बूढीगङ्गा गाउँपालिकालाई ८६ लाख र बूढीनन्दा नगरपालिकालाई १३ लाख ५० रुपैयाँ रकम हस्तान्तरण गरिएको जानकारी दिए । साथै गौमूल गाउँपालिकामा १३ लाख ७५ हजार, खप्तड छेडेदहमा दुई करोड २४ लाख ७५ हजार र स्वामीकार्तिक खापर गाउँपालिकालाई दुई लाख २५ हजार रुपैयाँ गरी कूल तीन करोड ६८ लाख २५ हजार रकम जिल्लामा पुगेको छ ।

मनसुनजन्य विपद्का प्रभावितका लागि पनि रकम आइसकेको उनले जानकारी दिए। मनसुनजन्य विपद्बाट बूढीगङ्गा गाउँपालिका, त्रिवेणी नगरपालिका, गौमूल गाउँपालिकालगायतका पालिकामा उक्त रकम पठाउने तयारी भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit