Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला यही चैतको १४ देखि १८ गतेसम्म ललितपुरमा आयोजना हुँदै

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला यही चैतको १४ देखि १८ गतेसम्म ललितपुरमा आयोजना हुँदै
विज्ञापन
Advertisement

काठमाडाैं । अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला यही चैतको १४ देखि १८ गतेसम्म ललितपुरमा हुने भएको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा नेपाली महिला उद्यमीहरूका उत्पादन प्रवर्द्धन र बजारीकरण गर्ने मुख्य उदेश्यसहित महिला उद्यमी महासङ्घ नेपालले पाँच दिने ८औँ अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्न लागेको हो ।

विज्ञापन
Advertisement
Advertisement

आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष शोभा ज्ञवालीले ललितपुरको हेरिटेज गार्डेनमा आयोजना हुने यस मेलामा देशभरका महिला उद्यमीहरूले उत्पादन गरेका कृषिजन्य वस्तु, हस्तकलाका सामाग्री, खाद्य सामाग्री, सेवामूलक वस्तु तथा सेवाको प्रवर्द्धन तथा विक्री वितरण हुने जानकारी दिइन् ।

उनका अनुसार मेला स्थलमा वातावरणमैत्री, हस्तकला, कृषि, व्यापार तथा सेवा, खाद्य, अन्तरराष्ट्रिय गरी छ प्रकारका स्टलहरू रहनेछ । जम्मा एक सय ४४ वटा बिक्री स्टलहरू राखिनेछ । जसमा दुई वटा ‘प्याभिलियन’ राखिनेछ । त्यसैगरी ८२ वटा स्टलहरू स्वदेशी तथा विदेशी महिला उद्यमीहरूलाई उपलब्ध गराइनेछ ।

करिब ६० हजार उपभोक्ता तथा अवलोकनकर्ताले मेला अवलोकन गर्ने महासङ्घको अनुुमान छ । यस मेलामा करिब रु दुई करोड २५ लाख बरावरको कारोबार गर्ने अनुमान गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit