Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

डिजिटल कर्णाली कन्क्लेभ २०२५ : डिजिटल रुपान्तरणको दिशामा महत्वपूर्ण पहल

डिजिटल कर्णाली कन्क्लेभ २०२५ : डिजिटल रुपान्तरणको दिशामा महत्वपूर्ण पहल
विज्ञापन
Advertisement

काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आगामी वैशाख ५ र ६ गते दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ २०२५ आयोजना हुने भएको छ । कर्णाली प्रदेश सरकार र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा हुन लागेको यो कार्यक्रम डिजिटल कर्णालीको वर्तमान अवस्था, सम्भावना, अवसर र चुनौतीबारे वृहत छलफल गर्न केन्द्रित हुनेछ ।

विज्ञापन
Advertisement
Advertisement

बुधवार आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्णाली प्रदेश र आइसिटी फाउन्डेसन नेपालबीच कन्क्लेभ आयोजना सम्बन्धी सम्झौता सम्पन्न भएको छ । वीरेन्द्रनगरको सिद्धार्थ सन्नी रिसोर्टमा दुई दिनसम्म चल्ने यस महत्त्वपूर्ण सम्मेलन ‘इम्पावरिङ द फ्युचर इन्नोभेसन, कनेक्टिभिटी एण्ड सस्टेनेबिलिटी’ भन्ने मूल विषयमा केन्द्रित रहनेछ ।

५० भन्दा बढी विज्ञहरुको सहभागिता

कन्क्लेभमा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरु वक्ताका रूपमा सहभागी हुनेछन् । चारवटा प्रमुख ९किनोट० प्रस्तुतीकरण तथा आठ भन्दा बढी सेसनहरु सञ्चालन गरिनेछ । साथै, प्रदेशका सम्पूर्ण स्थानीय सरकार, प्रदेशसभा सदस्यहरू, सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको व्यापक उपस्थितिमा कार्यक्रम सम्पन्न हुने अपेक्षा गरिएको छ ।

डिजिटल कर्णालीका सम्भावनाहरू उजागर गर्ने लक्ष्य

आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालका अनुसार, डिजिटल कर्णाली कन्क्लेभको दोस्रो संस्करणले डिजिटल साक्षरता अभिवृद्धि गर्दै प्रदेशमा उपलब्ध विविध सम्भावनाहरू उजागर गर्नेछ । साथै, प्रविधिको माध्यमबाट नागरिकको जीवनस्तर सुधार गर्न सहयोग पुर्‍याउने उद्देश्य राखिएको छ ।

डिजिटल पूर्वाधार, डिजिटल नेतृत्व, नीति, जनशक्ति विकास, शिक्षा, कृषि, पर्यटन, डिजिटल स्वास्थ्य, नवप्रवर्तन (इन्नोभेसन), उद्यमशीलता तथा ई(गभर्नेन्सजस्ता विषयमा विभिन्न प्रस्तुति तथा प्यानल छलफलहरू गरिने आयोजकले जनाएको छ ।

नवीन समाधान र आइडिया प्रस्तुत गर्न अवसर

डिजिटल कर्णालीको लागि विकास गरिएका नवीनतम समाधान ९सोलुसन० र आइडिया प्रदर्शन ९शोकस० पनि कन्क्लेभमा गरिनेछ । इच्छुक आवेदकहरूले कन्क्लेभको आधिकारिक वेबसाइट www.karnali.digital मार्फत आफ्नो डिजिटल समाधान तथा आइडियाबारे जानकारी दर्ता गराउन सक्नेछन् ।

आन्तरिक मामिला मन्त्रालय, कर्णाली प्रदेशका सचिव पुष्पराज शाहीका अनुसार, डिजिटल रूपान्तरणलाई गति दिन तथा कर्णाली प्रदेशलाई प्रविधिमैत्री प्रदेशका रूपमा विकास गर्न यो कन्क्लेभ महत्त्वपूर्ण हुने विश्वास लिइएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit