Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बीवाईडीको ब्याट्री अब पूर्ण रुपमा रिसाइक्लिङ गरिने, ग्लोबल रिसाइक्लिङ डेको अवसरमा विशेष कार्यक्रम

बीवाईडीको ब्याट्री अब पूर्ण रुपमा रिसाइक्लिङ गरिने, ग्लोबल रिसाइक्लिङ डेको अवसरमा विशेष कार्यक्रम
विज्ञापन
Advertisement

काठमाडौं । ग्लोबल रिसाइक्लिङ डेको अवसरमा बीवाईडी अटो इन्डष्ट्रिले व्यापक ब्याट्री रिसाइक्लिङ र पुनः प्रयोग कार्यक्रम कार्यान्वयन गरेको छ। यस पहलले बीवाईडीको वातावरणीय दिगोपनाप्रतिको प्रतिबद्धतालाई थप सशक्त बनाएको छ। इलेक्ट्रिक मोबिलिटीको बढ्दो प्रभावका बीच दिगो ईभी इकोसिस्टम निर्माणका लागि जिम्मेवार ब्याट्री व्यवस्थापन आवश्यक रहेको बीवाईडीले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

दुई प्रमुख कम्पनीसँग सहकार्य

ब्याट्री रिसाइक्लिङका लागि बीवाईडीले अमेरिका र चीनका दुई प्रमुख कम्पनीहरूसँग सहकार्य गरेको छ। अमेरिका, क्यालिफोर्नियास्थित आइटी एसेट पार्टनर्स इंक

(IT Asset Partners Inc.) र चीन, वुहुस्थित एन्हुई लेचेङ लिथियम–आयोन टेक्नोलोजी कम्पनी लिमिटेड (Anhui Lecheng Lithium Ion Technology Co. Ltd.) सँग सम्झौता गरी सुरक्षित, उत्तरदायी र दक्ष ब्याट्री रिसाइक्लिङ सुनिश्चित गरिएको छ। उक्त सहकार्यको घोषणा सन् २०२४ मे २८ मा गरिएको थियो।

बीवाईडीको सर्कुलर इकोनोमी अप्रोच

बीवाईडीको ब्याट्री रिसाइक्लिङ प्रक्रिया आरटु सर्टिफाइड सेवा प्रदायकमार्फत सम्पन्न गरिनेछ। यस प्रक्रियामा क्यापासिटी टेस्टिङ, सुरक्षित डिस्म्यान्टलिङ, मेटेरियल रिकभरी, र वातावरणमैत्री प्रोसेसिङ समावेश छ।जसमा प्रयोग भइसकेका ब्याट्रीहरूको पुनः प्रयोगको सम्भावना मूल्यांकन गरिनेछ, प्रयोगमा अयोग्य ब्याट्रीहरू सुरक्षित रूपमा नष्ट गरिनेछन्, ब्याट्रीमा रहेका लिथियम, निकेल, कोबाल्ट जस्ता महत्वपूर्ण धातुहरू पुनः प्राप्त गरिनेछन्,पुनःप्राप्त सामग्रीहरू अनुमति प्राप्त कम्पनीहरूलाई उपलब्ध गराइनेछन्।

नेपालमा प्रभाव

नेपालमा इलेक्ट्रिक सवारी साधनको प्रयोग तीव्र गतिमा वृद्धि भइरहेको छ। यस्तो अवस्थामा जिम्मेवार ब्याट्री डिस्पोजल र रिसाइक्लिङलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ। बीवाईडीको यो पहल नेपाल सरकारको दिगो लक्ष्यसँग मेल खान्छ।

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठ भन्छन्, ‘ग्लोबल रिसाइक्लिङ डे मनाउने क्रममा हामीले इलेक्ट्रिक सवारी साधन मात्र उत्पादन गरेर दिगोपना हासिल हुँदैन भन्ने बुझेका छौं। वास्तविक दिगोपना भनेको सर्कुलर इकोनोमी निर्माण गर्नु हो। जिम्मेवार ब्याट्री रिसाइक्लिङले इलेक्ट्रिक टेक्नोलोजीलाई पूर्ण रूपमा वातावरणमैत्री बनाउनेछ।’

हरित भविष्यतर्फ बीवाईडीको कदम

बीवाईडीले दिगो यातायात, नवीकरणीय ऊर्जा एकीकरण र जिम्मेवार ब्याट्री व्यवस्थापनमा जोड दिँदै आएको छ। नेपालमा यसको आधिकारिक वितरक साइमेक्स इंकमार्फत बीवाईडीले हरित भविष्य निर्माणका लागि सक्रिय भूमिका खेलिरहेको छ। ग्लोबल रिसाइक्लिङ डेको अवसरमा बीवाईडीको यो नयाँ कार्यक्रमले दिगोपनालाई केवल एक विचार मात्र नभई ईभी इकोसिस्टमलाई अघि बढाउने प्रतिबद्धता बनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit