Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गुणस्तरीय प्रारम्भिक बाल शिक्षा देशको भविष्य निर्माणमा महत्वपूर्ण : सभामुख घिमिरे

गुणस्तरीय प्रारम्भिक बाल शिक्षा देशको भविष्य निर्माणमा महत्वपूर्ण : सभामुख घिमिरे
विज्ञापन
Advertisement

काठमाडौं । सभामुख देवराज घिमिरेले गुणस्तरीय प्रारम्भिक बाल शिक्षाले राष्ट्रको भविष्य निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल मोन्टेसरी ट्रेनिङ सेन्टर (एनएमटीसी) को शनिबार सम्पन्न २५औं वार्षिकोत्सव समारोहमा एनएमटीसीले नेपालमा मोन्टेसरी प्रशिक्षणको अगुवा भूमिका निर्वाह गरेको भन्दै सभामुख घिमिरेले प्रशंसा गरे ।

कार्यक्रममा बाल शिक्षाका क्षेत्रका प्रतिष्ठित शिक्षक, नीति निर्माताहरू र सरोकारवालाहरू एकत्रित भई एनएमटीसीको योगदानबारे समीक्षा गर्दै नेपालमा मोन्टेसरी  शिक्षाको भावी मार्गचित्रबारे छलफल गरेका छन् ।

एनएमटीसीकी निर्देशक पवित्रा लिम्बूले संस्थाको २५ वर्षको यात्रा तथा बाल शिक्षामा एनएमटीसीले पुर्‍याएको प्रभावबारे प्रकाश पारिन । उनले मोन्टेसरी शिक्षाको आधारभूत दर्शनलाई उजागर गर्दै, स्वतन्त्र, जिज्ञासु र आत्मविश्वासी बालबालिका तयार पार्ने एनएमटीसीको उद्देश्यलाई भविष्यमा अझै धेरै प्रशिक्षण कार्यक्रम विस्तार गर्ने, आधुनिक शिक्षण प्रविधि समावेश गर्ने, तथा साझेदारीहरू सुदृढ गर्दै नेपालभर बाल शिक्षाको गुणस्तर सुधार गर्ने बताइन् ।

समारोहमा बाल शिक्षाको क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तिलाई सम्मानित गरिएको थियो ।

२५ वर्षदेखि निरन्तर बाल शिक्षामा योगदान दिँदै आएको एनएमटीसीले मोन्टेसरी सिद्धान्तहरूलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै भविष्यमा बालबालिकाहरूका लागि उज्ज्वल शिक्षा प्रणाली निर्माण गर्ने मार्ग प्रदान गर्ने उल्लेख गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit