images images images
images images images
images
images
images

अमेरिकाबाट निष्कासित १९९ आप्रवासी भेनेजुएला पुगे

images

काठमाडौं । संयुक्त राज्य अमेरिकाबाट निष्काशित भएका १ सय ९९ आप्रवासी बोकेको विमान सोमबार बिहान भेनेजुएला आइपुगेको गृहमन्त्री डिओसडाडो काबेलोले बताएका छन् ।

“आज, हामी १९९ जना स्वदेशीहरूलाई स्वागत गर्दैछौं,” उनले विमानस्थलमा भने । “हामी भेनेजुएलाका मानिसहरू जहाँ भए पनि स्वागत गर्न तयार छौं ।”

images
images

प्रत्यक्ष फुटेजमा स्वेटसूट लगाएका युवाहरू राजधानी काराकास बाहिर अवतरण गरेको विमानबाट ओर्लिरहेको देखाइएको छ । तिनीहरूमध्ये केहीले मुस्कुराइरहेका र ताली बजाइरहेका थिए । विमानबाट अवतरण गर्दा उनिहरुको खुट्टामा चेनले बाँधिएको थियो ।

शनिबार भेनेजुएलाले संयुक्त राज्य अमेरिकाबाट स्वदेश फिर्ती उडानहरू पुनः सुरु गर्न वाशिङ्गटनसँग सम्झौता गरेको घोषणा गरेपछि अमेरिकाले उनिहरुलाई भेनेजुएला पठाएको हो ।

images
images

प्रतिक्रिया दिनुहोस्