Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

उपायले बनेपामा थर्ड पार्टी लजिस्टिक्स वेयरहाउस निर्माण गर्दै, लागत अनुमान १.२ अर्ब रुपैयाँ

उपायले बनेपामा थर्ड पार्टी लजिस्टिक्स वेयरहाउस निर्माण गर्दै, लागत अनुमान १.२ अर्ब रुपैयाँ
विज्ञापन
Advertisement

काठमाडौं। लजिस्टिक कम्पनी उपायले आफ्नो थर्ड पार्टी लजिस्टिक्स वेयरहाउस (3PL) निर्माण गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपायले आफ्नो थर्ड पार्टी लजिस्टिक्स वेयरहाउस बनेपा नगरपालिका, वडा नं १३, नेपाल प्रहरी स्कूल नजिकै, अरनिको राजमार्गसँगै रहेको करिब १८ रोपनी (लगभग १ लाख वर्गफुट) जग्गामा निर्माण गर्ने घोषणा गरेको छ।

नेपालको लजिस्टिक्स क्षेत्रमा प्रविधि र पूर्वाधारको कमीलाई महसुस गर्दै, उपायले आफ्नो पहिलो वेयरहाउस निर्माण गर्न लागेको हो। यो वेयरहाउसको निर्माण कार्य सन् २०२५ को अप्रिलबाट शुरु गरी २०२६ को अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य कम्पनीले राखेको जनाएको छ।

उपायले निर्माण गर्न लागेको यो 3PL वेयरहाउस परियोजनाको अनुमानित लागत १.२ अर्ब नेपाली (१२० करोड ) रुपैयाँ रहेको छ। कम्पनीले सिटिजन्स बैंक इन्टरनेशनलको नेतृत्वमा माछापुच्छ्रे बैंकको सहभागितामा ९५ करोड रुपैयाँको कन्सोर्टियम ऋण व्यवस्थापन गरिसकेको जनाएको छ ।

यस वेयरहाउस परियोजनामा डोल्मा इम्प्याक्ट फण्ड–२ तथा अन्य लगानीकर्ताहरूले पूँजी लगानीमा सहभागिता जनाउने जानकारी कम्पनीले दिएको छ ।

कार्यक्रममा कन्सोर्टियम ऋणको अगुवाई गरेका सिटिजन्स् बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी गणेश राज पोखरेलले पूर्वाधार विकासमा उक्त वेयरहाउस निर्माणले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, ‘नेपालमा वेयरहाउस ईन्फ्रास्ट्रकचरको अपार सम्भावना छ। यो परियोजना नेपालको पूर्वाधार क्षेत्रको विकासका लागि महत्वपूर्ण आधार बन्नेछ।’

उपायले निर्माण गर्न लागेको उक्त वेयरहाउसले विभिन्न प्रकारका फास्ट मुभिङ्ग कनज्युमर गुड्स, फास्ट मुभिङ्ग कनज्युमर ड्यूरेबल्स, ई–कमर्स, क्विक कमर्स, खुद्रा चेन स्टोर, लुगाफाटा, जुत्ता र सौन्दर्य सामग्री, इलेक्ट्रोनिक्स, तथा अटो पार्ट्सको ईन्भेन्टरी व्यवस्थापनको कार्य गर्नेछ। प्रस्तावित वेयरहाउसको ग्राउन्ड कभरेज ४५ हजार वर्गफुट हुनेछ भने कुल भण्डारण क्षमता १ लाख वर्गफुटभन्दा बढी रहनेछ।

अत्याधुनिक पूर्वाधारयुक्त निर्माण गरिने वेयरहाउसमा हाई डेन्सिटी रयाकिङ् र मल्टी टायर सिल्भिङसहित ग्राहकहरूको आवश्यकता अनुसार डिजाइन गर्न मिल्ने सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ। यो वेयरहाउस भारतको प्रमुख कम्पनी कोरस्केप डिजाइन एलएलपीले डिजाइन गर्नेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit