काठमाडौं । सिटिटेक ग्रुप प्रालिले एकीकृत भुक्तानी संयोजन प्रणाली तथा व्यवसायी व्यवस्थापन सफ्टवेयर ‘गेटपे’ लाई नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा, माछापुच्छ्रे बैंक लिमिटेडमा भुक्तानी व्यवस्थापन गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।
सिटिटेक ग्रुप डिजिटल भुक्तानी प्रणालीमा क्रान्तिकारी परिवर्तन ल्याउने संस्थाको रुपमा आफ्नो पहिचान स्थापित गरेको छ । संस्थाले हाल सम्म फिन(प्रो तथा फिन)पस सफ्टवेयर ल्याएर नेपालमा पहिले नै आफ्नो बर्चस्व कायम गरिसकेको छ ।
गेटपे बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत भुक्तानी प्रणाली मार्फत भुक्तानी संरचना सरल बनाउने, व्यवसायी व्यवस्थापन गर्ने र नयाँ भुक्तानी माध्यमहरूलाई छोटो समयमा एकीकृत गर्न सक्षम बनाउने प्लेटफर्म हो । यो प्लेटफर्मले व्यवसायीहरूका लागि सबै कारोबारहरूको एकै स्थानबाट अनुगमन गर्ने, सुविधा दिने तथा फरक भुक्तानी प्रणालीहरूलाई एकीकृत प्रणालीमा समायोजन गरी सहयोग गर्छ ।
आधुनिक प्रविधि मार्फत वास्तविक समयमै कारोबार पूरा गर्ने क्षमताले गेटपेलाई अधिक कार्यकुशल, लागत प्रभावी र डिजिटलमैत्री साधन बनाएको छ।
माछापुच्छ्रे बैंकले गेटपेलाई आफ्नो दैनिक सञ्चालनमा सफलतापूर्वक समावेश गरिसकेको छ । सिटिटेकका प्रमुख कार्यकारी अधिकृत साजन शर्माले भने, ‘नेपाली बैंकहरूलाई एकीकृत भुक्तानी प्रणालीलाई सशक्त बनाउने नवीनतम प्रविधि प्रदान गर्ने दिशामा ऐतिहासिक नयाँ पाइला चालेका छौ। अबका दिनहरुमा नेपालका बैंक तथा वित्तीय संस्थाहरुको भुक्तानी व्यवस्थापन तथा सञ्चालनमा हाम्रो संस्थाको तर्फबाट अझै उलेख्य योगदान हुने विश्वास दिलाउँछौँ ।’

















प्रतिक्रिया दिनुहोस्