Advertisement
Advertisement
Corporate Samachar
२९ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘समावेशी विकासका लागि निजी क्षेत्रको साझेदारी अपरिहार्य’

‘समावेशी विकासका लागि निजी क्षेत्रको साझेदारी अपरिहार्य’
विज्ञापन
Advertisement

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीहरूबीच देशको दिगो र समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीलाई संस्थागत एवं विस्तार गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

विज्ञापन
Advertisement
Advertisement

राजधानीमा नेपाल उद्योग परिसंघ र हेल्भेटास नेपालद्वारा संयुक्त रूपमा आयोजित ‘समावेशी विकासका लागि निजी क्षेत्रको संलग्नता’ विषयक क्षेत्रीय सम्मेलनले यस्तो निष्कर्ष निकालेको हो। ‘व्यावसायिक प्रोत्साहन र विकासका परिणामबीचको संगम’ भन्ने मूल नाराका साथ सम्पन्न सम्मेलनमा नेपालसहित म्यानमार, बंगलादेश र भियतनामका करिब १५० जना नीति निर्माता, व्यवसायी, विकासकर्मी, वित्तीय संस्थाका प्रतिनिधि तथा शिक्षाविद्हरूको सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले लगानी, नवप्रवर्तन र निजी क्षेत्रको नेतृत्वमा हुने आर्थिक वृद्धिका लागि अनुकूल वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । राज्यका वित्तीय स्रोत र कार्यगत लचकताका आफ्नै सीमाहरू हुने उल्लेख गर्दै उनले भने, ‘सार्वजनिक क्षेत्र मात्र आर्थिक वृद्धिको एकमात्र इन्जिन बन्न सक्दैन, समावेशी वृद्धिको मार्ग गतिशील निजी क्षेत्रमार्फत नै निर्माण हुनुपर्छ।’ उनले साना व्यवसाय र श्रमशक्तिलाई विश्वव्यापी मूल्य शृंखलामा जोड्न उद्यमहरूलाई आग्रह गरे ।

त्यस्तै, पूर्व अर्थमन्त्री रामेश्वर खनालले सरकारले नियन्त्रकभन्दा सहजीकरणकर्ताको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै व्यवसायहरूले विश्वासका साथ लगानी गर्न सक्ने वातावरण निर्माण नभएसम्म ऊर्जा, निर्यात र रोजगारी सिर्जनाका महत्त्वाकांक्षी लक्ष्यहरू पूरा हुन नसक्ने बताए । कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले देशको आर्थिक प्रतिस्पर्धात्मकता सुदृढ गर्न नयाँ विकास सम्झौताको माग गरे । यस्तो सम्झौता सरकार, व्यवसाय, श्रमिक र विकास साझेदारहरूबीचको साझा जिम्मेवारी र विश्वासमा आधारित हुनुपर्ने उनको भनाइ थियो।

हेल्भेटासका एसिया महादेशीय संयोजक डा.जुएर्ग मर्जले विकास सहकार्य परम्परागत अनुदान मोडेलबाट मिश्रित वित्तीय व्यवस्था र प्राविधिक सहयोगतर्फ रूपान्तरण भइरहेको बताए । स्विस विकास तथा सहयोग नियोगका उपप्रमुख माथियास मायरले सार्थक साझेदारी भन्नाले लागत, जोखिम र जिम्मेवारी सबैको आपसी साझेदारी भएको उल्लेख गरे । हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टर मनीष प्रधानले निजी क्षेत्रको संलग्नता कारोबार मात्र नभएर लामो समयको विश्वास र सम्बन्धको विषय भएको उल्लेख गरे ।

सम्मेलनकै अवसरमा बागमती प्रदेश उद्योग परिसंघ सँगको सहकार्यमा प्रदेशस्तरीय सीप प्रतियोगिता आयोजना गरिएको थियो। प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमको छवि निर्माण गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा सूचना प्रविधि विधामा सुष्मा तामाङ, अटोमोबाइल विधामा प्रेम गोलेर आतिथ्य विधामा सुदीप वाइबालाई विजेता घोषित गरिएको जनाइएको छ। यसैगरी, प्रशिक्षार्थी परीक्षामा सर्वाधिक अंक प्राप्त गरेबापत अमृता प्रजालाई CBPI प्रेसिडेन्सियल अवार्ड प्रदान गरिएको छ भने सोफ्टी हाइजिन प्रा. लि. र यसका प्रबन्ध निर्देशक यादव घिमिरेलाई प्रशंसापत्र दिइएको आयोजकले जनाएको छ।

सम्मेलनमा डिजिटल सेवा तथा उत्पादनहरूको विशेष मार्केटप्लेस समेत आयोजना गरिएको थियो। जसमा RCI, CNI, REMIहेल्भेटास बंगलादेश, हेल्भेटास भियतनाम, रुपन्देही उद्योग संघ परियोजना र बुद्ध इन्क्युबेशन सेन्टरले विकास गरेका नवप्रवर्तनशील समाधानहरू प्रदर्शन गरिएका थिए। मार्केटप्लेसले डिजिटल रूपान्तरणलाई सूचना, मानिस र अवसरबीचको दूरी कम गर्ने माध्यमका रूपमा प्रस्तुत गरेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit