Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अन्तर्राष्ट्रिय आयुष कन्क्लेभ काठमाडौंमा हुने, २०० भन्दा बढी विशेषज्ञको सहभागिता रहने

अन्तर्राष्ट्रिय आयुष कन्क्लेभ काठमाडौंमा हुने, २०० भन्दा बढी विशेषज्ञको सहभागिता रहने
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा भारतस्थित काउन्सिल फर इन्टिग्रेटिभ वैद्य इनोभेसन एण्ड कोलाबरेशन ९ऋक्ष्ख्क्ष्ऋ० ले काठमाडौंमा ‘इन्टरनेशनल आयुष कन्क्लेभ’ आयोजना गर्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

आयोजकका अनुसार कन्क्लेभमा भारतका विभिन्न राज्यका साथै चारभन्दा बढी देशबाट आयुर्वेद, योग, प्राकृतिक चिकित्सा तथा आयुष क्षेत्रसँग सम्बन्धित विशेषज्ञ चिकित्सक, विज्ञ तथा प्राविधिकसहित २०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ।

कन्क्लेभको मुख्य उद्देश्य आयुष प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु, विभिन्न देशका विशेषज्ञबीच अनुभव आदानप्रदान गराउनु तथा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आधुनिक प्रविधिसँग जोड्दै स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।

आयुष क्षेत्रको विकास, अनुसन्धान, नवीन प्रविधिको प्रयोग तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तारका विषयमा केन्द्रित रहने कन्क्लेभले नेपालसहित विभिन्न देशका स्वास्थ्य विज्ञहरूलाई एउटै मञ्चमा ल्याउने विश्वास गरिएको छ।

आयोजकले कन्क्लेभको व्यापक प्रचारप्रसार तथा जनचेतना अभिवृद्धिका लागि सञ्चारमाध्यमहरूको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्दै कार्यक्रममा समाचार संकलन तथा सम्प्रेषणका लागि सञ्चारकर्मीको सहभागिता रहने अपेक्षा गरेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit