काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आगामी आर्थिक वर्षको लागि मन्त्रालयगत बजेटमा अघि सारिएका नीति तथा कार्यक्रमबारे धादिङ जिल्लाका स्थानीय तह प्रमुख र उप्रमुखहरुसँग छलफल गरेका छन् ।
छलफलमा मन्त्री अधिकारीले सरोकारवाला सबैको सुझावका आधारमा मन्त्रालयले आगामी आर्थिक वर्षको कार्यक्रम र प्राथामिकता तय गरको बताए । कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकारको महत्वपुर्ण भुमिका हुने भन्दै मन्त्री अधिकारीले स्थानीय तहबाट प्राप्त सुझावलाई मन्त्रालयले नीति कार्यक्रममा प्राथमिकता दिने बताए ।
सिंहदरबारमा बिहीबार भएको छलफलमा जिल्लाका २ नगरपालिका र ११ वटा गाँउपालिकाका प्रमुख तथा उपप्रमुख , मन्त्रालयका सचिवद्धय डा .गोविन्द प्रसाद शर्मा ,डा.राजेन्द्र प्रसाद मिश्र लगायत सहभागी थिए । धादिङ जिल्ला मन्त्री अधिकारीको चुनावी क्षेत्र समेत हो ।

मन्त्रालयले काठमाडौं उपत्यका भित्रका पालिकाका प्रमुख एंव उपप्रमुखहरुसँग पनि शुक्रबार मन्त्रालयमा छलफल गर्ने जानकारी दिदै मन्त्री अधिकारीले आगामी आर्थिक वर्षका लागि मन्त्रालयले अघि सारेका कार्यक्रम र प्राथामिकतालाई स्थानीय सरकारले पनि अपनत्व लिनसक्ने वतावरण बन्न सकोस भन्नेमा आफू सचेत रहेको बताए ।

















प्रतिक्रिया दिनुहोस्