Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

साल्ट ट्रेडिङको उत्कृष्ट वित्तीय प्रदर्शन, शेयरधनीलाई १० प्रतिशत नगद लाभांश

साल्ट ट्रेडिङको उत्कृष्ट वित्तीय प्रदर्शन, शेयरधनीलाई १० प्रतिशत नगद लाभांश
विज्ञापन
Advertisement

काठमाडाैं । साल्ट ट्रेडिङ कर्पोरेशनले आर्थिक वर्ष २०८० \८१ को नाफाबाट आफ्ना शेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने भएको छ। शुक्रबार सम्पन्न ५८औं वार्षिक साधारणसभाले चुक्ता पुँजीको १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

वित्तीय रूपमा सशक्त प्रगति
साधारणसभामा कर्पोरेशनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनअनुसार कर्पोरेशनले आर्थिक वर्ष २०८०र८१ मा १ अर्ब ४ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यस अवधिमा कर्पोरेशनले नुन, खाद्यवस्तु, रासायनिक मल लगायतका वस्तुहरूको १३ अर्ब ३५ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ।

सामाजिक उत्तरदायित्वमा अग्रसर
सुनकोशी नदीलगायतका क्षेत्रमा आएको भीषण बाढीका पीडितहरूलाई सहयोग गर्न कर्पोरेशनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा ६० लाख रुपैयाँ प्रदान गरेको छ। साथै, नेपाल सरकारको निर्देशनअनुसार केही वस्तुहरू लागत मूल्यभन्दा कम मूल्यमा बिक्री गरी उपभोक्तालाई राहत प्रदान गरेको छ।

कृषकहरूको हितमा योगदान
कृषि क्षेत्रको सशक्तीकरणका लागि कर्पोरेशनले सरकारबाट प्राप्त अनुदानअनुसार आवश्यक मात्रामा रासायनिक मलको आपूर्ति गर्दै आएको छ। साथै, कृषकहरूलाई गैर–अनुदानित एमोनियम सल्फेट र सिङ्गल सुपर फस्फेट मल उपलब्ध गराउँदै मल अभाव न्यूनीकरणमा योगदान पु¥याइरहेको छ।

व्यापार विविधीकरणतर्फ अग्रसर
अध्यक्ष श्रेष्ठका अनुसार कर्पोरेशनले नेपाल सरकारको नीतिलाई पालना गर्दै गुणस्तरीय वस्तुहरूको आपूर्ति सुनिश्चित गर्दै आएको छ। साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक उपस्थिति जनाउन नवीनतम् तथा सिर्जनशील व्यापार रणनीति अवलम्बन गरिरहेको जानकारी दिए। साल्ट ट्रेडिङ कर्पोरेशनको यो निर्णयले शेयरधनी, उपभोक्ता तथा कृषकहरूलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने विश्वास गरिएको छ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit