Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

२३९ कम्पनीको मूल्य घट्दा नेप्से चार महिनायताकै कमजोर अवस्थामा

२३९ कम्पनीको मूल्य घट्दा नेप्से चार महिनायताकै कमजोर अवस्थामा
विज्ञापन
Advertisement

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घट्दै करिब चार महिनाकै न्यून बिन्दुमा पुगेर रोकिएको छ।

विज्ञापन
Advertisement
Advertisement

लगातार पाँच दिनदेखि २७०० अंकको आसपासमा घुमिरहेको बजार मंगलबार उक्त विन्दुभन्दा पनि तल झरेको हो।

यस दिन नेप्से परिसूचक २६.१६ अंकले घटेर २६७४.४८ विन्दुमा बन्द भयो। यो स्तर फागुन १७ यताकै कम हो । अघिल्लो कारोबार दिन सोमबार पनि नेप्से १.४६ अंकले घटेको थियो।

बजार दोहोरो अंकले घटे पनि तुलनात्मक रुपमा कारोबार रकममा सामान्य कमी मात्र देखिएको छ। सोमबार ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ४ अर्ब ३६ करोड रुपैयाँको शेयर किनबेच भएको नेप्सेले जनाएको छ। यस दिन ३५३ वटा धितोपत्रको एक करोड ४० हजार १६४ कित्ता शेयर किनबेच भएको थियो।

आज कारोबारमा सहभागी अधिकांश कम्पनीको शेयर मूल्य घटेको छ। मंगलबार २२ कम्पनीको शेयर मूल्य बढ्दा २३९ कम्पनीको मूल्य घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो।

नयाँ सूचीकृत दुई जलविद्युत् कम्पनी टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ हाइड्रोपावरको शेयर मूल्यमा आज पनि सर्किट लागेको छ। यी कम्पनीलेको शेयर मूल्य आज सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ। मूल्य वृद्धिपछि दुवै कम्पनीको प्रतिकित्ता मूल्य ३९६ रुपैयाँ ७० पैसा पुगेको छ।

यता, बुंगल हाइड्रोपावरको शेयर मूल्य भने सर्वाधिक १५ प्रतिशतले घटेर ६८८ रुपैयाँ ५० पैसामा झरेको छ। एपोलो हाइड्रोपावरको मूल्य ११.१२ प्रतिशतले घटेर ८५७ रुपैयाँमा सीमित हुँदा सोपान फर्मास्युटिकल्सको मूल्य ७.०५ प्रतिशत तथा कालिन्चोक हाइड्रोपावरको मूल्य ५.६४ प्रतिशतले घटेका छन्।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् अग्रस्थानमा रह्यो। कम्पनीको ३४ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिन कम्पनीको शेयर मूल्य ३.०८ प्रतिशत घटेर ३६८ रुपैयाँ ५० पैसामा कायम भएको छ। मूल्य घटेपनि सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा सोपान फर्मास्युटिकल्स रहेको छ। कम्पनीको १८ करोड ९० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। यसबाहेक रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर तथा बुंगल हाइड्रोपावर पनि उच्च कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।

समूहगत परिसूचकतर्फ कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फण्ड समूह मात्र हरियो रह्यो भने बाँकी १२ समूह राताम्मे भए। उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.९२ प्रतिशतले घट्यो। त्यस्तै व्यापार समूह १.५७ प्रतिशत, जलविद्युत् १.६३ प्रतिशत, फाइनान्स १.२८ प्रतिशत, होटल तथा पर्यटन १.११ प्रतिशत, लगानी १.०३ प्रतिशत, निर्जीवन बीमा १.०१ प्रतिशत तथा जीवन बीमा समूह ०.८५ प्रतिशतले घटेका छन्। बैंकिङ, विकास बैंक, माइक्रोफाइनान्स तथा अन्य समूहका परिसूचकमा पनि गिरावट देखिएको छ।

मंगलबार बजार चार महिनाकै न्यून स्तरमा झर्दा लगानीकर्तामाथि बिक्री दबाब बढेको देखिन्छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit