काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिन (सोमबार) तोलामा १४ सय रुपैयाँले बढेको सुनको भाउ आज भने प्रतितोला १६ सय रुपैयाँले घटेको हो।
यसैगरी, सुनसँगै आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। सोमबार प्रतितोला ४ हजार ७३० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ४ हजार ५९० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १४० रुपैयाँले कम हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार १३० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।














प्रतिक्रिया दिनुहोस्