Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

चुनौतीपूर्ण पाँच वर्षे कार्यकालमा राष्ट्र बैंकको स्वायत्ततालाई जोगाए : गभर्नर अधिकारी

चुनौतीपूर्ण पाँच वर्षे कार्यकालमा राष्ट्र बैंकको स्वायत्ततालाई  जोगाए : गभर्नर अधिकारी
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पाँच वर्षे कार्यकालको चुनौतिपूर्ण अवस्थामा बैंकको स्वायत्ततालाई कायम राख्न आफू सफल भएको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार राष्ट्र बैंक र नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को सहकार्यमा काठमाडौंमा आयोजित दुई दिने अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै गभर्नर अधिकारीले पाँच वर्षे कार्यकालको चुनौतिपूर्ण समयमा राष्ट्र बैंकको स्वायत्ततालाइ कायम राख्न सफल भएको दाबी गरे । उनले त्यो सफलताका लागि सञ्चारमाध्यमको सहयोग महत्वपूर्ण रहेको उल्लेख गरे ।

‘कुनै समय अलिकति असहज स्थितिहरू फेस गरियो । चुनौतिपूर्ण समयमा पनि राष्ट्र बैंकको स्वायत्तता र प्रतिष्ठालाई कायम गर्नलाई सञ्चार क्षेत्रले खेलेको भूमिका मेरो लागि अविस्मरणीय छ । म सबैमा आभार व्यक्त गर्न चाहन्छु,’ अधिकारीले भने ।

अर्थतन्त्र बुझ्न जरूरी रहेको बताएका उनले सिकाइको प्रकृयालाई निरन्तरता दिनुपर्नेमा जोड दिए । यस्तै उनले वित्तीय क्षेत्रको संवेदनशीलतालाई बुझेर आर्थिक पत्रकारहरुले तथ्यमा आधारित सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिए। उनले अर्थतन्त्रमा आर्थिक पत्रकारको भूमिका महत्वपूर्ण हुने भन्दै पत्रकारले आर्थिक तथा वित्तीय सूचनाहरु सम्प्रेषण गरेअनुसार नागरिकले धारणा बनाउँने हुँदा केन्द्रीय बैंकले उपलब्ध गराउने तथ्यलाई विष्लेषण गरेर सही सूचना दिनुपर्ने बताए ।

उनले भने, ‘केन्द्रीय बैंकले सार्वजनिक गर्ने तथ्यांकहरु कसरी लिन्छ? सार्वजनिक भएको तथ्यांक कहिलेसम्मको हो ? यस्ता सबै विषयको जानकारी लिएर त्यसको व्याख्या र विश्लेषण गर्नुपर्छ ।’

यस्तै उनले वित्तीय क्षेत्र संवेदनशील भएकाले संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिए । ‘वित्तीय क्षेत्र एकदमै संवेदनशील छ । तर, कतिपयले यो संवेदनशीलता बुझ्दैनन्, मान्छेहरू कहिलेकाहीँ आक्रामक रूपमा प्रस्तुत भइरहेका हुन्छन । त्यसले नागरिकमा नकरात्मक धारणा पनि पैदा हुने गरेको छ । यसको संवेदनशीलता बुझ्नुपर्ने हुन्छ,’ अधिकारीले भने ।

यही चैत २४ गतेदेखि अधिकारी पाँच वर्षे कार्यकाल सकिएर अवकासमा जाँदै छन् ।

यस्तै, कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरेले वित्तीय क्षेत्र नागरिकको विश्वाससँग जोडिएको विषय भएकोले विस्वासलाई बलियो बनाउनु पर्नेमा जोड दिए ।
‘वित्तीय क्षेत्र अन्य क्षेत्र भन्दा बढी संवेदनशील क्षेत्र हो । यो नागरिकको विश्वाससँग जोडिएको विषय हो । नागरिकमा यसको विश्वास रहेन भने समग्र आर्थिक वित्तीय क्षेत्रमा असर पुर्याउँदछ ।’ घिमिरेले भने । उनले आर्थिक तथा वित्तीय क्षेत्रका सत्यतथ्य जानकारी बाहिर आउँदा केन्द्रीय बैंकलाई पनि सहयोग पुग्ने धारणा व्यक्त गरे ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit