Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

धनगढीमा कजारियाको नयाँ सोरुम विस्तार

धनगढीमा कजारियाको नयाँ सोरुम विस्तार
विज्ञापन
Advertisement

काठमाडौं । भारतको अग्रणी टाइल निर्माता कम्पनी कजारियाले धनगढीको सहिद चोकमा नयाँ सोरुम विस्तार गरेको छ। गोदावरी टाइल एण्ड मार्बल द्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ।

विज्ञापन
Advertisement
Advertisement

कजारियाको राष्ट्रिय सेल्स प्रमुख प्रविन सिंहले नयाँ सोरुमको उद्घाटनप्रति उत्साह व्यक्त गर्दै धनगढी कजारियाका लागि महत्वपूर्ण बजार बन्ने बताए ।
उनले भने,‘धनगढी कजारियाका लागि एक महत्त्वपूर्ण बजार हो, यो सोरुमले हामीलाई आफ्नो प्रिमियम टाइल्सलाई स्थानीय ग्राहकसम्म पुर्याउन मद्दत गर्नेछ। हाम्रो उद्देश्य नै आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूलाई टिकाउ र उच्च गुणस्तरका उत्पादनहरू दिनु हो, जसले कार्यक्षमता र डिजाइन दुबैमा सुधार ल्याउने छ।’

धनगढीको महत्वपूर्ण क्षेत्रमा विस्तारित नयाँ सोरुमले प्रिमियम टायलहरू ग्राहकमाझ सजिलो पहुँच र सुविधा सहित उपलब्ध गराउने कम्पनीले जनाएको छ । नयाँ स्वरुम विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै अघि बढेको कम्पनीको धारणा छ।

रमेश कर्प र भारतको अग्रणी टायल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजरिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरेको छ । नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका ४०० करोड नेपाली रुपैयाँ लगानी गरेको कम्पनीले देशको अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजारिया टाइल्स उपलब्ध गराउने लक्ष्य राखेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit