काठमाडौं । काठमाडौं बाल अस्पताल निर्माणका लागि सिटिजन लाइफ इन्स्योरेन्सले ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस वर्ष डाक्टर भगवान कोइराला नेतृत्वमा भइरहेको बाल अस्पताल निर्माण परियोजनालाई उक्त रकम सहयोग गरेको हो।
सिटिजन लाइफ इन्स्योरेन्स र सिटिजन बैंकले अघिल्लो वर्षदेखि नै बाल अस्पताल परियोजनालाई सामाजिक उत्तरदायित्व अन्तर्गतग प्रदान गर्ने सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ ।
यस्तै, लोमस ग्रुपको पनि अस्पताललाई आर्थिक सहयोग निरन्तर गर्ने जनाएको छ । लोमस ग्रुपका निर्देशक प्रणव जंग पाण्डे भने, “सानो सहयोग भए पनि हामी हरेक वर्ष वा हरेक ६ महिनामा निरन्तर रूपमा योगदान गरिरहनेछौं।”
साथै अस्पताललाई लोमस फार्मास्युटिकल्स मार्फत निःशुल्क औषधि आपूर्ति तथा लोमस सिमेन्ट मार्फत निर्माण सामग्री सहयोग गर्दै जाने योजना रहेको जानकारी उनले दिए। यसैगरी, लोमस ग्रुपका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्सका अध्यक्ष एवं सिटिजन बैंकका पूर्वअध्यक्ष प्रदीप जंग पाण्डेले विभिन्न कम्पनीहरूबाट संकलन गरेको आर्थिक सहयोग डाक्टर भगवान कोइरालालाई चेकमार्फत हस्तान्तरण गरेका छन्।
ग्रुपले बाल अस्पताल निर्माण र सञ्चालनका लागि निजी क्षेत्रबाट सहयोग वृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

















प्रतिक्रिया दिनुहोस्