Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बिम्स्टेकका लागि चेम्बर पदाधिकारी टोली प्रधानमन्त्रीसंगै थाईल्याण्ड प्रस्थान

बिम्स्टेकका लागि चेम्बर पदाधिकारी टोली प्रधानमन्त्रीसंगै थाईल्याण्ड प्रस्थान
विज्ञापन
Advertisement

 काठमाडाैं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिस्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली प्रधानमन्त्री केपी शर्मा ओलीसँगै थाईल्याण्ड गएको छ ।

विज्ञापन
Advertisement
Advertisement

निजी क्षेत्रबाट प्रतिनिधित्व गर्दै अध्यक्ष कमलेश कुमार अग्रवाल, चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा र मानार्थ उपाध्यक्ष एवं अन्तराष्ट्रिय सम्वन्ध समितिका सभापति अर्जुन प्रसाद शर्मा प्रधानमन्त्री ओलीसंगै आज थाईल्याण्ड गएका छन् । थाईल्याण्ड भ्रमणका क्रममा दुईपक्षीय व्यापार सहजिकरण, पर्यटन प्रवद्र्धन, लगानी अभिवृद्धि लगायतका विषयमा समझदारी एवं सम्झौता हुने चेम्बर अफ कमर्सले जनाएको छ । नेपाल चेम्बर अफ कमर्स र टुरिजम काउन्सिल अफ थाईल्याण्डबीच व्यापार, पर्यटन र नागरिक उड्डयनको क्षेत्रमा छुट्टै सम्झाको तयारी समेत भएको छ ।

थाइल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्रीसंगै चेम्बर पदाधिकारी टोलीले त्यहाँका प्रतिष्ठित व्यवसायीसँग भेटघाट र छलफल गर्ने कार्यक्रम तय भएको छ । थाईल्याणको निजी क्षेत्रसंग दुईपक्षीय व्यापार सहजिकरण, नेपालमा लगानी अभिवृद्धि जस्ता विषयमा छलफल गर्न लागिएको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए । नेपाल र थाईल्याण्डका पर्यटकीय क्षेत्रहरुको पहिचान र प्रवद्र्धन गर्दै संयुक्त रुपमा बजार प्रवद्र्धनात्मक अभियान, नागरिक उड्डयनको क्षेत्रमा संयुक्त सहकार्य, सम्पदा र संस्कृतिको आदानप्रदान, व्यापार एवं लगानी अभिवृद्धिका लागि सहकार्य गर्ने चेम्बरको तयारी छ । चेम्बर पदाधिकारी टोली आगामी २२ गते स्वदेश फर्किने छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit