Advertisement
Advertisement
Corporate Samachar
२८ कार्तिक २०८३, शनिबार
Advertisement
Advertisement

बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा साइमेक्स इंकलाई चार अवार्ड

बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा साइमेक्स इंकलाई चार अवार्ड
विज्ञापन
Advertisement

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले चीनको सेन्झेनमा सम्पन्न ‘बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्स’ मा प्रतिष्ठित विभिन्न चार अवार्ड  विधामा सम्मानित भएको छ । ।

विज्ञापन
Advertisement
Advertisement

‘कनेक्टेड, इन्स्पायर्ड, युनाइटेड’ थिममा आयोजित सो इभेन्टमा एसिया प्यासिफिक क्षेत्रमा उत्कृष्ट कार्य गरेका पार्टनरहरूलाई उनीहरूले पुर्याएको योगदानको कदर गर्दै सम्मानित गरिएको थियो ।

नेपालमा दिगो मोबिलिटीलाई अगाडि बढाउन नेतृत्व लिए वापत साइमेक्स इंक अल ब्रान्ड टप सेल्स अवार्ड, एसिया प्यासिफिक आउटस्ट्यान्डिङ स्ट्राटेजिक पार्टनर अवार्ड, २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड र टप २० स्टोर अवार्डद्धारा सम्मानित भएको हो ।

यसैगरी, लुज महर्जन, निराजन खनाल र सनम शेखले टप सेल्स अवार्ड प्राप्त गरेको कम्पनीले जनाएको छ ।

विभिन्न विधामा प्राप्त अवार्डले ईभी क्रान्तिमा नेतृत्व लिइरहेको साइमेक्स इंक प्रालिलाई ग्राहकप्रति अझ जिम्मेवार बनाएको अध्यक्ष अनिल श्रेष्ठले बताएका छन् ।

श्रेष्ठले भने, ‘यी प्रतिष्ठित पुरस्कार नेपालमा भएका हाम्रो टिम र डिलर पार्टनरको समर्पण र कडा परिश्रमका प्रतीक हुन् । ईभी क्रान्तिमा हामीले नेतृत्व लिइरहेको अवस्थामा, आगामी दिनमा समेत हाम्रा ग्राहकलाई नवप्रवर्तन र दिगो मोबिलिटी समाधान उपलब्ध गराउने कार्यमा हामी प्रतिबद्ध छौ ।’,

नेपालमा बीवाईडीलाई सफल बनाउनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने डिलर नेटवर्कको उपलब्धिमा समेत साइमेक्स इंक सहभागी बनेको भनाइ श्रेष्ठको छ ।

उक्त कन्फ्रेन्समा बीवाईडीको दाङका लागि आधिकारिक डिलर टिम एलेभेन ईभी वर्ल्ड प्रालि.ले २०२४ आउटस्ट्यान्डिङ मार्केटिङ डिलर अवार्ड पाउँदा चितवनको डिलर युरो अटो ग्रिन प्रालि. ले २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड र वीरगन्जको डिलर निरज अटोमोबाइल्स प्रालि. ले २०२४ बेस्ट सेल्स ग्रोथ डिलर अवार्ड प्राप्त गरेको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit