काठमाडौं । नेपालका लागि लिपमोटर गाडीको आधिकारिक आयातकर्ता सांग्रिला मोटर्सले नयाँ लिपमोटर टी०३ को डेलिभरी सुरु गरेको छ।
अत्यधिक मात्रामा बुकिङ प्राप्त भएसँगै लिपमोटर टी०३ देशको विद्युतीय गतिशीलताको भविष्यलाई अघि बढाउँदै बिक्री थालिएको कम्पनीले जनाएको छ ।
२८ लाख ९९ हजार रुपैयाँ मूल्यदेखि सुरु हुने लिपमोटर टी०३ मा ३७.३ किलोवाट आवर ब्याट्री रहेको छ, जसको डब्ल्युएलटीपी रेन्ज अर्बन साइकलमा ३९५ किमि रहेको छ ।
यसमा लेभल २ एडभान्स्ड लिप पाइलट ड्राइभर एक्टिभ सेफ्टी असिस्टेन्स प्रणाली पनि समावेश गरिएको छ, जसले स्मार्ट र सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्दछ ।
आइतबारदेखि नै पहिलो चरणको डेलिभरी सुरु भइसकेको छ सांग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले जानकरी दिए ।
सांग्रिला मोटर्स गोल्छा अर्गनाइजेसनको सदस्य हो जुन २०१७ देखि प्युजोको एकमात्र आधिकारिक आयातकर्ता र २०२१ देखि सिट्रोएनको आधिकारिक आयातकर्ता रहेको छ ।

















प्रतिक्रिया दिनुहोस्