Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अमेरिकाले फिलिपिन्सलाई २० वटा एफ–१६ जेट विमान बिक्री गर्ने भएपछि चीनले दियो चेतावनी

अमेरिकाले फिलिपिन्सलाई २० वटा एफ–१६ जेट विमान बिक्री गर्ने भएपछि चीनले दियो चेतावनी
विज्ञापन
Advertisement

एजेन्सी । अमेरिकाले फिलिपिन्सलाई पाँच अर्ब ५८ करोड अमेरिकी डलर बराबरको एफ–१६ लडाकू विमान बिक्री गर्न स्वीकृति दिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

अमेरिकी विदेश मन्त्रालयले २० वटा एफ–१६ जेट विमान र त्यससँग सम्बन्धित उपकरणहरु संयुक्त राज्य अमेरिकाको सन्धिमा बाँधिएको सहयोगी फिलिपिन्सलाई बिक्री गर्न लागेको जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो बिक्रीले दक्षिणपूर्वी एसियामा राजनीतिक स्थिरता, शान्ति र आर्थिक प्रगतिका लागि महत्वपूर्ण शक्तिका रुपमा रहेको रणनीतिक साझेदारको सुरक्षामा सुधार ल्याउनेछ।”

विज्ञप्तिमा भनिएको छ, “यसले फिलिपिन्सको वायु सेनाको समुद्री डोमेन जागरूकता सञ्चालन गर्ने क्षमतालाई पनि बढावा दिनेछ र ‘दुश्मनको हवाई आक्रमण र दमनको थप प्रतिरक्षा गर्नेछ ।”

दक्षिण चीन सागरमा फिलिपिन्स र चीनबीच महिनौदेखि जारी टकरावपछि अमेरिकाले फाइटर विमान बेच्ने सार्वजनिक भएको हो ।

अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले बुधबार भनेका छन्, “खरिद साझेदारबाट ‘मागपत्र र स्वीकारोक्ति’ प्राप्त भएपछि मात्र यो सम्झौतालाई अन्तिम रुप दिइनेछ । “यस्तो निर्णयबारे आफूलाई कुनै आधिकारिक सूचना प्राप्त भएको छैन,” फिलिपिन्सको रक्षा मन्त्रालयका प्रवक्ता आर्सेनियो एन्डोलोङले एएफपीसँग भनेका छन् ।

चीनले फिलिपिन्सले क्षेत्रीय शान्तिलाई ‘चुनौति’ दिइरहेको भन्दै मनिलालाई उक्त खरिद नगर्न चेतावनी दिएको थियो । “फिलिपिन्सको अन्य देशसँगको रक्षा र सुरक्षा सहकार्यले कुनै पनि तेस्रो पक्षलाई लक्षित गर्नु हुँदैन वा तेस्रो पक्षको हितलाई हानि पु¥याउनु हुँदैन।

यसले क्षेत्रीय शान्ति र सुरक्षालाई खतरामा पार्नु हुँदैन वा क्षेत्रीय तनावलाई बढावा दिनु हुँदैन,” विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भनेका छन् । मनिला र वासिङ्टनले सन् २०२२ मा राष्ट्रपति फर्डिनान्ड मार्कोसले कार्यभार सम्हालेपछि र दक्षिण चीन सागरमा बेइजिङको व्यापक दाबीलाई पछाडि धकेल्न थालेपछि आफ्नो रक्षा सहयोगलाई अझ प्रगाढ बनाएका छन् ।

गत डिसेम्बरमा फिलिपिन्सले आफ्नो सामुद्रिक हितलाई सुरक्षित राख्न अमेरिकाको मध्यम दूरीको टाइफन क्षेप्यास्त्र प्रणाली अधिग्रहण गर्ने योजना बनाएको बताएपछि चीन आक्रोशित बनेको थियो । बेइजिङले यस्तो खरीदले क्षेत्रीय ‘हतियारको होडबाजी’ निम्त्याउन सक्ने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बढ्दो चीनको सामना गर्न र विशेष गरी ताइवानमा तनाव बढ्दै जाँदा र युक्रेनमा रुसको आक्रमणका बावजुद युरोपमा संलग्नता कम गर्न अमेरिकी सैन्य प्रयासलाई एशियामा पुनः र्निर्देशित गर्ने प्रयास गरेको छ। मंगलबार चिनियाँ जहाज र लडाकु विमानले ताइवानलाई सिमुलेटेड नाकावन्दीमा घेरिरहेका बेला फिलिपिन्सका सैन्य प्रमुख जनरल रोमियो ब्राओनरले स्वशासित टापुमा आक्रमण गरिएमा आफ्नो देश ‘अनिवार्य रूपमा’ त्यसमा संलग्न हुने बताएका थिए ।

“ताइवानमाथि आक्रमण भएमा कारबाहीको योजना बनाउन थाल्नुहोस्,” उनले उत्तरी लुजोन टापुमा रहेका सैनिक निर्देशन दिएका छन् । उनले यस महिनाको संयुक्त सैन्य अभ्यासको अधिकांश भाग ताइवाननजिकै फिलिपिन्सको उत्तरी लुजोनमा हुने पनि जानकारी दिँदै भनेका छन् “यी ती क्षेत्रहरू हुन् जहाँ हामी आक्रमणको सम्भावना देख्छौं। म तयारीको घण्टी बजाउन चाहन्नँ, तर हामीले तयारी गर्नुपर्छ।”

ब्रुनरको टिप्पणीबारे सोधिएको प्रश्नमा बेइजिङको विदेश मन्त्रालयका प्रवक्ता गुओले भने, “ताइवानको समस्या समाधान चिनियाँ जनताको विषय हो । हामी फिलिपिन्सका केही व्यक्तिहरूलाई आगोसँग नखेल्न वा ताइवानको मुद्दामा उक्साहट नगर्न सल्लाह दिन्छौं, आगोसँग खेल्नेहरू जल्नेछन् ।”

गत साता मनिलाको भ्रमणका क्रममा रक्षामन्त्री पिट हेगसेथले ‘कम्युनिस्ट चिनियाँहरूको धम्की’लाई ध्यानमा राख्दै ‘इन्डो–प्यासिफिक क्षेत्रमा पुनः प्रतिरोध स्थापना गर्ने’ प्रतिबद्धता व्यक्त गरेका थिए ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फिलिपिन्ससँग अमेरिकी प्रतिरक्षा प्रतिबद्धता दोहोर्‍याएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit