काठमाडौं । नेपाल बार एसोसिएसनको आगामी चैत २३ गते हुने निर्वाचनमा अधिवक्ता मन्दिरा अधिकारीले सदस्य (महिला खुला) पदमा उमेदवारी दताए गराएकी छन् ।
नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि आगामी चैत २३ गते निर्वाचन हुँदैछ। निर्वाचनमा अधिवक्ता मन्दिरा अधिकारीले कानुनी राज्यको सिद्धान्तलाई सशक्त रूपमा स्थापित गर्न र कानुन व्यवसायीहरूको हकहितको रक्षा गर्न उम्मेदवारी दर्ता गराएको बताएकी छन् ।
पेशागत जीवनमा कानुन व्यवसायीहरूले भोग्ने कठिनाइहरूबारे आफू भुइँ तहबाट जानकार रहेको बताउँदै उनले नेपाल बार एसोसिएसनको महत्वपूर्ण भूमिका नवप्रवेशी कानुन व्यवसायीहरूलाई आवश्यक मार्गदर्शन दिने र पेशागत स्थायित्व प्रदान गर्ने हुनुपर्ने धारणा राखेकी छन् । ‘बारको मुख्य उद्देश्य नै कानून व्यवसायीहरुको हकहितको संरक्षण गर्नु हो, त्यसलाई नै केन्द्र विन्दुमा राखेर काम गर्नुपर्छ’उनले भनिन् ।
नेपाल बारमा आफ्नो निकट व्यक्तिलाई सबै खालका अवसर प्रदान गर्ने तर अन्यलाई अवसर नै नदिने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा उनको जोड छ । कानून व्यवसायीहरुबीच एकताको विकास गर्नको लागि नेपाल बारको भुमिका अपरीहार्य रहेको उल्लेख गर्दै उनले पेशागत हकहितका विषयमा प्रभावकारी रूपमा काम हुन नसकेको टिप्पणी गरिन ।
न्यायालय र कानूनी प्रशासन प्रणालीबीच सेतुको भुमिका निर्वाह गर्ने बारको पछिल्लो भुमिका केही खस्किएको अधिवक्ता मन्दिराको भनाइ छ । संवैधानिक रुपमा बार एसोसिएसनले सरकारलाई खबरदारी गर्ने भूमिका त निर्वाह गरे पनि संस्था भित्रको निर्णय प्रक्रियामा विधि,विधानअनुसार सुधार गनुपर्ने धारणा उनको छ ।
कानून व्यवसायीहरुलाई गुणस्तरीय तालिम, सूचना तथा नेटवर्किङ सुविधा उपलब्ध गराउन पहल गर्ने उनले प्रतिबद्धता जनाइन ।
नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएसनसँग आबद्ध अधिकारीले कानुन व्यवसायीहरूको पुरानो प्रवृत्तिलाई बदल्दै नयाँ पुस्ताको भावना र समयको मागलाई सम्बोधन गर्दै अघि बढ्नुपर्नेमा जोड दिइन । महिलाका लागि बार एसोसिएसनमा सीमित अवसर रहेको र आसेपासे प्रवृत्तिले समस्या सिर्जना गरिरहेको बताउँदै उनले यस्ता विसंगतिहरू हटाउन आफूले नेतृत्वमा आउन खोजेको स्पष्ट पारिन् ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्