Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

महानगरमा आफ्नै प्रमुख प्रशासकीय अधिकृत रोक्न खटिएका नगर प्रहरी असफल, गुरागाईंको कार्यकक्ष अगाडि तनाव

महानगरमा आफ्नै प्रमुख प्रशासकीय अधिकृत रोक्न खटिएका नगर प्रहरी असफल, गुरागाईंको कार्यकक्ष अगाडि तनाव
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक्ने मेयर बालेन्द्र शाहको प्रयास उनकै कर्मचरीले असफल पारेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार मेयर बालेन्द्र साहको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई रोक्न महानगर प्रहरी खटिएका थिए ।

केही बेरअघि प्रशासकीय अधिकृतलाई कर्मचारी र जनप्रतिनिधहरूले स्वागत गरेका थिए । बाक्लो संख्यामा परिचालिन नगरप्रहरीले अधिकृत रोक्ने प्रयासलाई महानगरका कर्मचारी र जनप्रतिनिधिले नै असफल बनाएका हुन् ।

कर्मचारी र जनप्रतिनिधको भिडले अधिकृतलाई सुरक्षा दिँदै कार्यकक्षमा लगेका छन् । गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि कर्मचारीहरूले ढोका फोड्ने प्रयास गरेका छन् । नगर प्रहरीद्धारा उनलाई रोक्न नदिँदै कर्मचारीहरूले गुरागाईँलाई कार्यकक्ष अगाडि पुर्याएका छन् । तर,गुरागाईं आफ्नो कार्यकक्षमा प्रवेश गर्न पाएका छैनन।

सो क्रममा बाक्लो संख्यामा तैनाथ महानगर प्रहरी र कर्मचारीबीच ठेलाठेलको स्थिति बनेको थियो । यस क्रममा केहीबेर कर्मचारीले नाराबाजी पनि गरेका थिए ।

तीन महिनापछि बिहीबार गुरागाईं महानगरपालिकाको कार्यालयमा हाजिर हुन पुगेका हुन् । अधिकृतको गाडीमा महानगर प्रहरीले ‘ह्वील लक’ गरेर गेटमै रोक्ने प्रयास गरेपनि अन्तत उनलाई कार्यालय प्रवेश गराइएको छ ।

महानगरपालिकाले आधिकारिक प्रक्रिया पूरा नगरी काठमाडौं टावरको नक्सा पार गरेको भन्दै उनीमाथि छानबिन गरेको थियो । पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा प्रक्रिया नपुर्‍याई पास गरेको भन्दै महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्न समिति बनाएको छ । छानबिन समिति बनेसँगै गुरागाईं बिदामा बसेका थिए । महानगरका प्रवक्ता नवीन मानन्धर र मेयर साहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले ५ पुसमा पत्रकार सम्मेलन गरी प्रक्रिया नै पूरा नगरी काठमाडौं टावरको नक्सा स्वीकृति दिएको भन्दै कानुन बमोजिम प्रक्रिया थालनी गर्ने जनाएका थिए ।

प्रशासकीय अधिकृतलाई हाजिर गराउन महानगरका प्रवक्ता नवीन मानन्धरसहितका वडाध्यक्षहरू कार्यालय पुगेका हुन् ।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit