images images images
images images images
images
images
images

आयु इन्टरटेन्मेन्टले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त

images

काठमाडौं । आयु इन्टरटेन्मेन्ट लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । सोही प्रयोजनार्थ कम्पनीले आईपियो निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीले पर्यटकीय नगरी पोखरामा रहेको फिस्टेल ड्रिम पार्कको सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशतका दरले प्रति शेयर निष्कासन गर्न लागेको हो । शेयर मूल्य प्रतिकित्ता १०० रुपैयाँ अंकित ३० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

images
images

बुधवार नेपाल लाइफ क्यापिटल लिमिटेड कमलपोखरी स्थित कार्यालयमा सम्पन्न सम्झौता पत्रमा आयु इन्टरटेन्मेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष कदम के.सी र नेपाल लाइफ क्यपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरले हस्ताक्षर गरे ।

सारथी ग्रुप सहितको लगानी रहेको उक्त पार्कमा देशकै प्रतिष्ठित उद्यमी तथा पोखराका पर्यटन व्यवसायीहरुको लगानी रहेको छ । उक्त पार्क करिब ५७ रोपनी जग्गामा फैलिएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेड धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूती, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन र निष्काशन तथा बिक्री प्रबन्ध गर्ने अनुमती प्राप्त मर्चेन्ट बैंकिङ्ग संस्था हो ।

images
images

प्रतिक्रिया दिनुहोस्