काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २४ औं वार्षिकोत्सव मनाएको छ ।
बुधबार वार्षिकोत्सवको अवसरमा कुमारी बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रति सम्पूर्ण ग्राहकवर्गहरुको सहयोग तथा विश्वासप्रति आभार व्यक्त गरेको छ ।
कुमारी बैंकको २४ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीलाई आ–आफ्नो परम्परा र सांस्कृतिको महत्व दर्शाउन “परम्परागत भेषभुषा” पहिरन गर्न प्रोत्साहित गरेको छ । जसले कर्मचारीहरूलाई आफ्नो परम्परागत पृष्ठभूमिको प्रतिनिधित्व गर्ने पोशाक मार्फत सांस्कृतिक पहिचान तथा संरक्षण गर्न मद्दत पु¥याएको विश्वास बैंकको छ ।
विविध सांस्कृतिक परम्परालाई अंगाल्दै बैंकले आफ्नो कार्यक्षेत्रमा “विविधतामा एकता” लाई जोड दिएको छ । यस पहल मार्फत, बैंकले “सबैका लागि सधैका लागि” भन्ने मूल उदेश्य लिएर आन्तरिक आबद्धताको भावनालाई बढावा दिन, संस्थागत संस्कृति र सामुदायिक कार्यलाई निरन्तरता दिएको जनाएको छ ।

यसैगरी, वार्षिकोत्सवको अवसरमा विभिन्न स्थानहरुबाट रक्तदान कार्यक्रम आयोजना गरेको उल्लेख गर्दै स्थानीय स्तरमा रक्त बैंकका आवश्यकता तथा जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान गर्ने विश्वास बैंकको छ । देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरुप आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा वित्तीय सुविधाहरु प्रवाह गर्नका लागि निरन्तर कार्य गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।
विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

















प्रतिक्रिया दिनुहोस्