Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४१ औँ वार्षिकोत्सव सम्पन्न

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४१ औँ वार्षिकोत्सव सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ४१ औँ वर्षमा प्रवेश गरेको छ । ४०औँ वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंकको सफल यात्रामा साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले आगामी दिनमा अझ पारदर्शी, जिम्मेवार र नवप्रवर्तनमुखी बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए ।

विज्ञापन
Advertisement
Advertisement

त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेले डिजिटल रूपान्तरणलाई तीव्रता दिँदै ग्राहक अनुभवलाई अझ सरल, सुरक्षित र प्रभावकारी बनाउने दिशामा बैंक अग्रसर रहने बताए । ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारासहित बैंकले ग्राहक सुविधालाई प्राथमिकता दिँदै नवीनतम बैंकिङ सेवा प्रस्तुत गरिरहने जानकारी उनले दिए ।

वार्षिकोत्सवको अवसर पारेर बैंकले विगत आठ वर्षदेखि वित्तीय साक्षरतामा आधारित चित्रपुस्तक प्रकाशन गर्दै आएको जनाएको छ । यस वर्ष बैंकले आफ्नो आठौँ संस्करण ‘३ आर सुन्दर संसार’ नामक चित्रकथा पुस्तक सार्वजनिक गरेको छ । पुस्तकमा वातावरणीय प्रदूषण, प्राकृतिक स्रोत संरक्षण र ग्लोबल वार्मिङजस्ता विषयलाई सरल, रोचक र ज्ञानवर्धक शैलीमा प्रस्तुत गरिएको बैंकले जनाएको छ ।

पुस्तक वातावरणमा भइरहेको तीव्र परिवर्तनले स्वास्थ्य, भविष्य र पृथ्वीलाई गम्भीर चुनौती दिइरहेको सन्दर्भमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बालबालिकामा चेतना अभिवृद्धि गर्न प्रकाशन गरिएको बैंकले जनाएको छ । यसैबीच, वार्षिकोत्सवको अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटी सँगको सहकार्यमा रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ । बैंैंकले हाल २६९ शाखा, २५७ एटीएम, ६५ एक्सटेन्सन काउन्टर, ६० शाखारहित बैंकिङ काउण्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit